March 7, 2018

मुख नखोल्ने सम्झौता अवैध भएको भन्दै पोर्नस्टारले हालिन् ट्रम्पलाई मुद्दा

फागुन २३


स्टोर्मी डेनियल्स र डोनाल्ड ट्रम्प

स्टोर्मी डेनियल्स र डोनाल्ड ट्रम्प
एक वयष्क फिल्मकी अभिनेत्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी छन्। स्टोर्मी डेनियल्स नामक ती पोर्नस्टारले ट्रम्पसँग आफूले हस्ताक्षर गरेको ‘ननडिस्क्लोजर एग्रीमेन्ट’ अवैध भएको भन्दै मुद्दा दायर गरेकी हुन्।

यसअघि सन् २००६ मा ट्रम्पपत्नी मेलानिया सुत्केरी भएलगत्तै डेनियल्सले ट्रम्पसँग यौन सम्बन्ध कायम गरेको बताएकी थिइन्। यो कुराको खुलासा उनले सन् २०११ को एक अन्तर्वार्तामा सो खुलासा गरेकी थिइन्। उनको खास नाम स्टेफेनी क्लिफोर्ड हो।

गत जनवरी महिनामा यो विषयमा डेनियल्सले मुख नखोल्ने सम्झौतामा हस्ताक्षर गरेको समाचार वाल स्ट्रिट जर्नलले छापेपछि यसबारे पुनः चर्चा चुलिएको थियो।

फेब्रुअरीमा ट्रम्पका व्यक्तिगत वकिल माइकल कोहेनले डेनियल्सलाई आफैँले १ लाख ३० हजार डलर तिरेको पुष्टि गरेका थिए।

मंगलबार सो सम्झौता वैध नभएको भन्दै डेनियल्सले लस एञ्जलसमा मुद्दा दायर गरेकी छन्। उनका अनुसार सन् २०१६ मा भएको सो सम्झौतामा डेनियल्स र वकिल कोहेनले हस्ताक्षर गरेका छन् तर ट्रम्पले त्यसमा हस्ताक्षर गरेका छैनन्। ट्रम्पले हस्ताक्षर नै नगरेको सम्झौता वैध नहुने उनको तर्क छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल