मुख्य विभागको प्रमुख बन्न नेकपामा रस्साकस्सी

२ श्रावण,काठमाडौं : तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएको १४ महिनापछि एकीकरणको बाँकी काम सम्पन्न गर्ने सहमति भएसँगै पार्टीका मुख्य विभागको प्रमुख बन्न नेकपाभित्र रस्साकस्सी सुरु भएको छ। 

नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको थियो। यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने छ। साउन पाँच गते सचिवालय बैठकले एकता प्रक्रियाका विषयमा निर्णय गर्नेछ। 

दुई अध्यक्षबीच पार्टी एकताका विषयमा सहमति भइसकेपछि नेकपाभित्र महत्वपूर्ण मानिएका विभागको नेतृत्व गर्न नेताहरुबीच प्रतिश्पर्धा सुरु भएको छ। नेकपाका ३२ मध्ये पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको भागमा १४ विभाग परेका छन्। 

३२ विभागमध्ये पनि महत्वपूर्ण मानिएका तीनवटा विभागमा शीर्ष नेताहरुले नै चासो राखेका छन्। सबैभन्दा महत्वपूर्ण मानिने संगठन विभाग पूर्व एमालेको भागमा परेको छ। र यो विभागमा सचिवालय सदस्य वामदेव गौतमले चासो दिएका छन्।

गौतमलाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव  नेपाल र पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालको साथ छ। संगठन विभागको कम्युनिष्ट पार्टीको पूरै संगठनको नेतृत्व संगठन विभागले गर्ने भएकाले यो विभागमा अर्का सचिवालय सदस्य ईश्वर पोखरेलको पनि दाबी छ।

पार्टी एकताका क्रममा महासचिव पद गुमाएका र सरकारमासमेत राम्रो मन्त्रालय नपाएका पोखरेलले संगठन विभाग प्रमुखको दाबी गर्नु स्वभाबिक भएपनि उनको संभावना कम रहेको एक सचिवालय सदस्यले जनाए। 

केही समय अगाडि उक्त विभागमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बादललाई प्रस्ताव गरेका थिए। तर अहिले उक्त विभाग पूर्व एमालेको भागमा परेका कारण बादलको संभावना सकिएको छ। 

विदेश विभाग प्रमुखमा भने पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव नेपालको नाममा सहमति भएको बताइएको छ। यो विभागमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि दाबी गरेका छन्। तर माधव नेपालको नाममा सहमति भइसकेको स्रोतले जनाएको छ।

संगठन र विदेशमा एमाले तथा अर्थ र प्रचारमा माओवादीले प्रमुख लिने सहमति भएको छ। ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्वएमाले र १५ जना पूर्वमाओवादीबाट रहने सहमति अध्यक्षद्वयबीच भएको छ।

अर्को महत्वपूर्ण मानिएको स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गरेका छन्। संगठन विभागमा पनि दाबी गरेका पोखरेलले उक्त विभाग आफ्नो भागमा नपरेको अवस्थामा स्कुल विभाग प्रमुख पाउनुपर्ने लविङमा लागेको स्रोतको भनाइ छ।

नेकपाको आगामी साउन ५ गते बस्ने बैठकले संगठन विभागको प्रमुखहरु र ७७ वटा जिल्लाको इन्चार्ज र सह–इन्चार्जको नामावली घोषणा गर्नेछ।
यसैगरी पूर्व माओवादीको भागमा परेको प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठलाई दिने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक