महिलाले बनाइन् गरिबलाई सित्तैमा खानेकुरा दिने फ्रिज

भारतको चेन्नइमा एक महिलाले सामुदायिक फ्रिज स्थापना गरेकी छन् । पेशाले चिकित्सक रहेकी इसा फातिमा खानेकुरा फ्याँक्ने बानी हटाउन र गरिबलाई सित्तैमा खानेकुरा प्रदान गर्नका लागि यस्तो उपाय अपनाएकी हुन् ।

6

चेन्नइको बेसेन्ट नगरस्थित सार्वजनिक स्थानमा जडान गरिएको यो फ्रिजमा आम मानिस र होटल कर्मचारीले बचेखुसेको सफा खानेकुरा ल्याएर राखिदिन्छन् । त्यो खानेकुरा गरिब मानिसहरुको लागि काम लाग्छ ।

 

यो अभियानलाई इशाले अयमित्तु उन्न नाम दिएकी छिन् । यसको अर्थ हुन्छ, खाना खानुअघि यसलाई आवश्यक मानिसहरुलाई बाँड्नुहोस् ।

खाना मात्र होइन, फ्रिजनजिकै एउटा दराज र दानपात्र पनि छ । त्यहाँ मानिसहरुले खेलौना, कपडा, किताब तथा रकम पनि दान गर्न सक्दछन् ।
कम्युनिटी फ्रिजको अवधारणा विदेशमा धेरै प्रचलनमा रहेको हुँदा आफूले पनि त्यहीँ सिको गरेको इशा बताउँछिन् ।

फ्रिजमा राखिएका खानेकुरा रेखदेख गर्नका लागि उनले तलब दिएरै एकजना सुरक्षागार्ड राखेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की