May 15, 2019

 मन्त्री यादवको कार्यकक्षमै कुटाकुट

जेठ १, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ ।

मन्त्री मातृका यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच हात हालाहाल भएको हो ।

मन्त्रालयका सहसचिव शोभाकर रेग्मीले सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए । तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो। घुस लिएर खड्कालाई विभागमा पठाइएको भन्दै युनियनका उपाध्यक्ष अधिकारीको समूह र मन्त्रीबीच कुटाकुट भएको हो ।

मन्त्रीको सचिवालयका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा सुरुमा भनाभन भएको र पछि कुटाकुट भएको हो ।

मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला त्यसलाई रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएको स्रोतको भनाइ छ ।

मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ । कांग्रेस निकट कर्मचारी युनियनले भने मन्त्रीले आफ्ना नेतामाथि हातपात गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल