भारतीय र चिनियाँ सैनिकबीच ढुङगा हानाहान

३२ साउन,एजेन्सी –  भुटानको डोक्लाममा चलिरहेको विवादले विश्राम नपाउँदै भारत र चीनका सेना अर्को सिमा क्षेत्रमा टसल भएको खबर छ। भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार लद्धाख क्षेत्रमा दुबै देशका सेनाले एक अर्का विरुद्ध ढुङगा हानाहान गरेका छन्।

चिनियाँ सेना भारतीय सिमा भित्र छिर्दा भारतीय सेनाले प्रतिरोध गरेको र सोही क्रममा ढुङगा हानाहान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्याङगङ तालको बाटो गरि चिनियाँ सेना भारतीय क्षेत्रभित्र छिर्न खोज्दा स्थिति असहज बनेको बताइएको छ।

करिब १५ चिनियाँ सैनिक भारतीय क्षेत्रमा छिरेको र भारतको चेतावनीका बाबजुत उनिहरु पछी हट्न नमानेपछि स्थिति ढुङगा हानाहान सम्म पुगेको बताइएको छ ।

घटनामा दुबै तर्फबाट कुनै हतियार भने प्रयोगमा आएन। सो क्षेत्रमा भारत र चिनियाँ सेनाबीच यस्तै किसिमका घट्नाहरु घटे गरे पनि ढुङगा हानाहान भएको भने अहिलेसम्म सुनिएको थिएन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण