नेइमारबाट ‘नाटक’ सिकेको भन्दै एम्बाप्पेको आलोचना

रसियामा जारी विश्वकप  फुटबलमा खेल कौशलभन्दा बढी नाटकीय प्रदर्शन र फुर्ति देखाएकोमा ब्राजिलका  स्टार स्ट्राइकर नेइमारको आलोचना भयो।

1531203650mbappeandneymar

ब्राजिल यतिबेला विश्वकपको क्वार्टर फाइनलबाटै बाहरिसकेको छ। तर नेइमारबाट ‘नाटक’ सिकेको भन्दै फ्रान्सका उदयीमान खेलाडी केलियन एम्बाप्पेको आलोचना भइरहेको छ।

१९ वर्षिय स्टार खेलाडी एम्बाप्पेले पेरिस सेन्ट जर्मनका साथी नेइमारबाट यस्तो नाटकीय प्रदर्शन र फुर्ती सिकेकोमा आलोचना भएको छ। विश्वका सबैभन्दा महंगा खेलाडी नेइमार र उनको टोली क्वार्टरफाइलनमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो।

नेइमारको जस्तै प्रदर्शन गर्न खोज्दा नयाँ र युवा खेलाडीमा नकरात्मक असर पर्ने चिन्ता गरिएको छ। पछिल्ला कैयौं खेलमा एम्बाप्पेको प्रदर्शन नेइमारबाट प्रभावित देखिएको हो।

अर्जेन्टिनाविरुद्ध ४-३ को जित निकाल्दा एम्बाप्पेले २ गोल गरेका थिए।

एम्बाप्पेको खेल शैली ब्राजिलका रोनाल्डोसँग मिल्छ।

तर उरुग्वेविरुद्धको खेलमा भने एम्बाप्पेले मैदानमा फुर्ति देखाए।

रोड्रिगेजसँग बल नियन्त्रणका लागि संघर्ष गर्दा फुर्ति देखाएका एम्बाप्पे लड्न पुगे। त्यसपछि एम्बाप्पेले मैदानमा नाटकसमेत देखाए।

कोष्टारिकाविरुद्ध नेइमारको नाटकलाई एम्बाप्पेको यो नाटकसँग तुलना गरिएको छ। फ्रान्सका पूर्वखेलाडी एलेन जिरेसाले एम्बाप्पेलाई फ्रान्सबाट राम्रो कुरा मात्र सिक्न भनेका छन्।

‘उसले नेइमारबाट राम्रो कुरा मात्र सिक्नुपर्छ। रोड्रिगेजविरुद्ध उनले देखाएको व्यवहार निन्दनीय छ। नेइमार २६ वर्षका भए। एम्बाप्पे १९ का मात्र छन्,’ उनले भनेका छन्, ‘नेइमारले उनलाई सही सुझाव मात्र दिनुपर्छ। एम्बाप्पेले नेइमारलाई अझै छायामा पार्न सक्दैनन। उसले आफूलाई सुधार्नुपर्छ।’

फ्रान्सका पूर्वप्रशिक्षक लउरेन्ट ब्ल्याकले एम्बाप्पेको प्रदर्शन उत्कृष्ट भएप पनि सधैँ उसले हामीलाई जिताउँछ भन्ने नभएको बताए। ‘उ भर्खर १९ को छ। उसले बुझ्नुपर्छ, सबैथोक गर्न सकिदैँन, ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।