भारतको मध्य प्रदेशमा दुर्घटना, १५ जनाको मृत्यु

भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ ।

मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल