प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

७ माघ,काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए।

सभामुख कृष्णबहादुर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिए। गच्छदारले जिपी कोइराला र सुशील कोइरालाको नाममा खोलिएको भएर सरकारले आफू मातहत राख्न माग गरे।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको भूमिकालाई अवमूल्यन गर्ने काम भएको भन्दै आपत्ति जनाए। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्ने सरकारको निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सार्वभौम संसद पुर्नस्थापना भएको तर यही संसदबाट निर्वाचित प्रधानमन्त्री र सरकारले गिरिजाप्रसाद कोइरालाको अपमान गर्ने काम भएको भन्दै आक्रोश पोखे। 

उनले सुशील कोइराला नेतृत्वको सरकारमा संविधान जारी भएको र संविधान कार्यान्वयनको चरणमा रहेको र यही क्रममा केपी ओली प्रधानमन्त्री बनेको भन्दै त्यस्ता नेताको अपमान गर्ने गरी सरकारले सुशील कोइरालाको नाममा रहेको अस्पताललाई खारेज गर्ने काम गर्न लागेको भन्दै आपत्ति जनाए। 

मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ति जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने बताए।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा राखेको अस्पताल केन्द्र सरकार मातहतमा राख्ने निर्णय नभएसम्म  राख्ने निर्णय नगरेसम्म  संसद चल्न नदिने बताए। उनले डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार विधेयक आउनुपर्ने जोड दिए। उनले गोविन्द केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक