प्रधानमन्त्री ओलीमाथि आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप

बैशाख १८,काठमाडौं : बालुवाटार प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नामसमेत जोडिएपछि उपसभापति विमेलेन्द्र निधिले विपक्षीलाई देखाएर प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा निधिले प्रधानमन्त्रीले ३३ किलो सुन काण्ड, निर्मला प्रकरण टुंगो लगाउन नसकेको र ललिता निवासमा पनि ‘फलानो पार्टीको बेलामा यस्तो भएको रहेछ’ भन्दै आफ्ना मानिस जोगाउन लागि परेको बताएका छन् । सोही प्रकरणमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल पनि मुछिएका छन् ।

निधिले पत्रकारहरूसँग पनि आक्रोश पोखे । विशेष गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कोष कांग्रेस नेतृत्वको सरकारले ल्याएको तर प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले शुरू गरेको भनेर झुठो प्रचार गरेको उनको दाबी थियो ।
“पत्रकारज्यू भएको कुरा लेख्नूस, हामी नेताहरू त कुरा लुकाउँछौँ, पत्रकार त कुरा लुकाउँदैनन् नि !,” उनको भनाइ थियो ।

“प्रधानमन्त्री झुठो प्रचार गर्दै  हुनुहुन्छ  । जसको पालामा जे भएको छ त्यही लेखौँ । भर्खरकै कुरा हो । लिच्छविकाल र मल्लकालको कुरा होइन,” उनले भने । “निर्मला पन्त  बलात्कार काण्ड कहाँ पुग्यो ? सुन काण्ड कहाँ पुग्यो ? ललिता निवासमा विपक्षीलाई देखाएर आफ्नो नजोगाउनूस्, खुलामञ्च बेच्ने नजोगाउनूस्,” उनले खबरदारी पनि गरे ।

नेता निधिले प्रधानमन्त्री ओलीले देशमा सबै कुरा उत्पादन गर्न शुभकामना दिँदै भने, “प्रधानमन्त्रीज्यू सबै कुरा उत्पादन गर्नुहोला । तर, बुद्धिजीवी थला बसाल्ने अरिङ्गाल उत्पादन नगर्नूस् ।” उनले प्रतिपक्षी, फरक विचार राख्नेलाई नन्दी भ्रिङ्गी भन्ने कस्तो संस्कार सिकाउँदै हुनुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक