प्रदेश राजधानी ‘धनगढी–गोदावरी’ तोक्ने तयारी

७ नम्बर प्रदेशको स्थायी राजधानी ‘धनगढी–गोदावरी’ तोक्ने तयारी भइरहेको छ ।

राजधानी र नामाकरणबारे सुझाव संकलन तथा प्रतिवेदन तयारीको लागि गठित विशेष समितिलाई धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउन सुझाव आएको बताइएको छ ।

विशेष समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा अब छिट्टै राजधानी र नामाकरण विषय टुंगो लाग्ने बताए । प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको बताउँदै उनले जनसंख्या, भूगोल, सुरक्षा अवस्था, भौतिक संरचना लगायत पक्षलाई मध्यनजर गरी तोक्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले भने, ‘सुझाव संकलनको कार्य जारी रहेको छ । अब छिट्टै नै टुंग्याउँछौ । हालसम्म धनगढी र गोदावरी जोडेर राजधानी बनाउने सुझाव बढी नै आएको छ । उसो त पहाडी क्षेत्रको समानुपातिक विकासको लागि पहाडमा राजधानी बनाउनुपर्ने सुझाव सहितको माग पनि जोडदार ढंगले आएको छ ।’

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई एउटैमा गाँभेर महानगरपालिकाको स्वरुप दिन सकिने हुँदा प्रदेश स्थायी राजधानीको माग आएको सांसदहरूको भनाई छ ।

एकातिर पहाडी जिल्ला डोटीको दिपायलमा पनि राजधानी बनाउनुपर्ने मागसहित विभिन्न संघर्षको कार्यक्रम हुँदै आएको छ । जुन मागमा कैलालीका थारु अगुवाले साथ दिएका छन् । विकासको दृष्टिकोणले पछाडी परेको पहाडी जिल्लाको समानुपातिक विकास र तीब्र बसाइसराइ नियन्त्रणको लागि पनि पहाडी जिल्लामा राजधानी बनाउनुपर्ने उनीहरूको धारणा छ ।

नामाकरणको विषय पनि सँगसँगै टुंग्याउने तयारीमा विशेष समिति लागेको छ । हालसम्म सेतीमहाकाली, सेतीकाली, खप्तड, खप्तड–कञ्चन, खप्तड–घोडाघोडी लगायत नाम राख्न सुझाएको बुझिएको छ ।

प्रदेश सभाबाट साउन १४ गते गठित समितिको हालसम्म २ पटक म्याद थपिएको छ । साउन २१ र साउन २९ गते म्याद थपिएको हो । सभामुख अर्जुन थापाले मंगलवार समितिको म्याद ५ दिनको लागि थपेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक