पार्टी एकलौटी सञ्चालन भयोः नेता सिंह

चैत ३०,विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । 

उनले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे । उनले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति काङ्ग्रेसले विरोध गरेको बताए । 

उनले नेतृत्वले विधान उल्लङ्घन गरेका कारण नै नेविसङ्घ लगायतका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्गठनको महाधिवेशन हुन नसकेको आरोप लगाए । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके मात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक