पाकिस्तान प्रिमियर लिगको ड्राफ्टमा सन्दीप लामिछाने

 

असोज १९, काठमाडौं ।विश्व क्रिकेटमानै ब्यस्त खेलाडीका रुपमा रहेका सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्टमा समेत परेका छन्। नेपालका युवा लेग स्पीनर लामिछाने गत वर्ष आइपिएल खेलेपछि निरन्तर अन्तराष्ट्रिय क्रिकेटका घरेलु संरचनामा ब्यस्त रहेको छ।

पीएसलको ड्राफ्ट अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ,साउथ अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्स सहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन्। ड्राफ्टमा कुन कुन खेलाडी रहेका छन् भनेर आधिकारीक रुपमा भने सार्वजनिक गरिएको छैन।

तर सन्दीपको नाम भने ड्राफ्टमा रहेको नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन्।  पिएसएल आगमी फेब्रुअरीमा आयोजना हुने छ। जसमा टोलीको सहभागिता रहने छ। गत संकरणको ड्राफ्टमा परेपनि कुनै पनि टिमले सन्दीपलाई भाउ लगाएका थिएनन्। तर यो पटक सन्दीप संभावाना अत्याधिक रहेको छ।

गत संकरणको पिएसएलको उपाधि इस्लामबाद युनाइटेडले पेशावर जल्मीलाई ३ विकेटले पराजित गर्दै जितेको थियो। आइपीएलमा दिल्लीबाट व्यवसायिक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२०, क्यानेडियन लिग, क्यारेवियन प्रिमियर लिग जस्ता विश्वचर्चित लिगमा खेली सकेका छन्। त्यस्तै अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० मा पनि अनुबन्ध भई सकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।