September 15, 2018

पाकिस्तानमा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

भदौ ३०इस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् । बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ । 

एउटा सरकारी कार्यालय नजिकै सवारी साधानमा बम विस्फोटन गराइएको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणकारीहरूले रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराएको बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र दोषीको खोजी गरिरहेको जनाएको छ । 

घटनाप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घटनाको विस्तृत विवरण आफूलाई दिन प्रदेश सरकारलाई निर्देशन दिएका छन् ।  

निर्वाचन मार्फत नयाँ सरकार बने पनि पाकिस्तानमा विस्फोटनलगायतका हिंसात्मक घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल