पराजयपछि वामदेव गौतमले भने– म रत्तिभर पनि निराश छैन 

 २०७४ मङ्सिर २४ आइतबार १८:५१:००

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पराजितबाट आफू रत्तिभर पनि निराश नभएको बताएका छन् । उनले आफु गठबन्धनको सुत्रधार भएको र त्यसको अपार सफलताले नै ज्यादै हर्षित भएको बताएका छन् ।

कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएपछि गौतमले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

“म वाम गठबन्धनको एउटा प्रमख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु,” उनले भनेका छन्, “म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन । जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु ।”

उनले बर्दिया क्षेत्र नम्बर १ का मतदाता एवं सम्पुर्ण जनतालाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।

“आगामी दिनमा वाम गठबन्धनले प्राप्त गरेको यो अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपिदिएको मैले महसुस गरेको छु,” उनले भनेका छन्, “नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको यो अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने गरी सबै चुनौतीको सामना गर्न मेरो पार्टीका सहयोद्धा कमरेडहरु र समग्र बाम गठबन्धनका सहयात्री कमरेडसँग काँधमा काँध मिलाई अगाडि बढिरहनेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।”
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न