परमाणु हतियार बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

 बीबीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनमाथि दबाव दिन अमेरिकाले परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन्।पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसले १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फर्सेज (आईएनएफ) सन्धिको उल्लघंन गरेको आरोप लगाए। ट्रम्पले यसअघि उक्त सन्धिबाट अगल हुने बताएका थिए। तर रुसले भने ट्रम्पको आरोपको खण्डन गर्दै आएको छ।

 

_103967317_68587652-aa74-49f9-abfc-3bf0e538e1f4

शीत युद्धका बेलाको यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाउँछ। यो सन्धिलाई युरोपका देशमाथि सोभियत संघको खतरा कम गर्न लागू गरिएको थियो।  उता रुसले पनि यदि अमेरिकाले परमाणु हतियार बनाएको खण्डमा आफूले पनि त्यसको जवाफ स्वरुप परमाणु हतियारब बनाउने धम्की दिएको छ।

चेतावनीको भाषामा ट्रम्पले भनेका छन, ‘मानिसहरुलाई होश नआएसम्म अमेरिकाले परमाणु हतियार बनाउँछ।’ शीय युद्धको अन्तिम समयमा अमेरिकी राष्ट्रपति रोनल्ड रेगन र अन्तिम सोभियत नेता मिखाइल गोर्बाचोफले आईएनएफ सन्धिमा हस्ताक्षरगरेका थिए।

यो सन्धिमार्फत जमिनबाट मार हान्ने ५०० देखि ५,५०० किलोमिटरको रेन्ज भएको मध्यम दूरीको मिसाइलको निर्माण गर्न प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्धमा परमाणु र पारम्परिक दुवै प्रकारका मिसाइल शामेल छन्। आइतबार यो सन्धिमा हस्ताक्षर गर्ने मिखाइल गोर्भाचोफले भनेका थिए–अमेरिका यो सन्धिबाट पछि हट्नु भनेको परमाणु हतियारलाई समाप्त पार्ने कोशिशबाट पछि हट्नु हो।’

अमेरिकाले रुसले मध्यम दूरीको नोभाटोर ९ एम ७२९ मिसाइल बनाएर यो सम्झौतालाई उल्लघंन गरेको आरोप लगाउँदै आएको छ। रुस निकै सकम समयमा यो मिसाइलबाट नेटो देशमा आक्रमण गर्न सक्षम भएको छ। तर रुसले भने आफूले मिसाइल बनाएर कुनै पनि सन्धि उल्लघंन गरेको मान्न तयार छैन। 

जर्मनीको विदेशमन्त्रीले ट्रम्पले उक्त सन्धिबाट पछि हट्ने भन्दै दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन्। उनले यो सम्झौतालाई युरोपकालागि महत्वपूर्ण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण