नेपाली क्रिकेटरलाई आईसीसीले २ वर्षको तलब पठायो, कसले कति बुझ्दैछन् ?

Parash-1-768x439

२६ माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो ।

‘हामीले खेलाडीहरुसँग सम्झौता गरेर पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले अनलाइनखबरसँग भने, ‘खेलाडीहरु धनगढीबाट फर्किएपछि तलब बाँड्छौं ।’

सन् २०१७/१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आईसीसीमा पत्र पठाएको थियो ।

ए श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । उनीहरुको तलब मासिक ३५ हजार तोकिएको छ ।
दुई वर्षको तलब एक मुष्ट लिँदा उनीहरुले ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् ।

श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुको तलब मासिक २५ हजार छ । २ वर्षको तलब एकमुष्ठ पाउँदा ६ लाख हुन्छ ।

यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले २ वर्षको तलब बराबर ३ लाख रुपैयाँ पाउनेछन् ।

टिम म्यानेजर रमन शिवाकोटी र प्रशिक्षक जगत टमाटाले पनि २ वर्षको पारिश्रमिक पाउनेछन् । राखेपका प्रशिक्षक भएका कारण टमाटालाई मासिक १५ हजारका दरले ३ लाख रुपैयाँ मात्र आएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा