March 18, 2020

नेकपा सचिवालय बैठक बस्दै

Oli_Prachanda_dw6GYHd8kp

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी बनिरहेका बेला सो पार्टीले सचिवालयको बैठक बोलाएको हो।

बैठकको एजण्डा सार्वजनिक गरिएको छैन। तर, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली मिर्गाैला प्रत्यारोपण गरेर निवास फर्किएपछि बैठक बस्न लागेको हो।  सचिवालयले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।

प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने भए पनि मिर्गौलाको प्रत्यारोपण गर्न अस्पताल भर्ना भएसँगै प्रभावित भएको थियो।

सचिवालयका अधिकांश सदस्यले सचिवालय बैठकले गरेको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्नुपर्ने दबाब दिँदै आएका छन्। मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुईपटक छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक