नासा वैज्ञानिक बनेर साढे एक करोड ठग्ने यी बाबु छोरा

सेतो रंगको टल्किने सूट र अन्तरिक्ष यात्रीको जस्तै हेल्मेट लगाएका दुई बाबु छोराले आफुलाई अन्तरिक्ष यात्री भन्दै मानिसहरुलाई डेढ करोड ठगेका छन् ।

OMG-2

यो घटनाको रमाइलो कुरा के छ भने ती बाबु छोराले बिना अंग्रेजी बोलेर, कुनै वैज्ञानिक शुत्र नबताई हजार रुपयाँका सामानहरु करोडौंमा बेचेका छन् ।

यो घटना भारतको राजधानी शहर दिल्लीको हो । दिल्लीस्थित पश्चिम विहारमा बस्ने ती बाबु छोराले एक कपडा व्यापारीसँग नासामा प्रयोग हुने राइस पुलर नामको एउटा धातु उपकरण बेच्ने सम्झौता गरेका थिए । राइस पुलर एएटा धातु हो जसमा चामलजस्ता साना कणहरुलाई तान्न सक्ने चुम्बकीय क्षमता हुन्छ ।

दिल्ली प्रहरीको क्राइम ब्रान्चका डिसिपि भीष्म सिंहको अनुसार ती बाबु छोराले राइस पुलरको चुम्बकीय शक्तिका कराण नासामा त्यसको अत्याधीक माग भएको कुरा ती ठगिएका व्यापारीलाई बुझाउन सफल भए र उनलाई त्यसको कारोबारबाट हजारौं रुपयाँको फाइदा हुने कुरामा विश्वस्त बनाए ।

पुरा सम्झौता ३ हजार ७५० करोडको थियो । त्यसका लागि ती बाबु छोराले व्यापारीसँग किस्तामा साइटिस्ट, केमिकल, ल्याब, कपडाको नाममा एक करोड ४३ लाख लुटे ।

यो मामिला २०१५ को हो । दुई पक्षको लेनदेन करिब पाँच महिना चल्यो ।

दिल्लीकै मयूर विहार इलाकामा बस्ने ती व्यापारीले आफ्नो पहिचान गोप्य राखिदिने शर्तमा ती बाबु छोराले एउटा फर्जी वेभसाइट पनि बनाएको बताए । त्यही वेभसाइटलाई देखेर तिनीहरु वैज्ञानिक नै भएको आफुलाई विश्वास लागेको उनले बताए ।

दुबै पक्षबीच एउटा सम्झौता भयो । सम्झौता अनुसार अन्तरिक्षयात्रीको सूट र जाँच सम्बन्धी सामान खरीद गर्नका लागि आवश्यक पैसा धेरै चाहिने र जाँच पुरा गर्नका लागि धेरै केमिकल र ल्याबको आवश्यक पर्ने हुँदा त्यसको खर्च ती व्यापारीले उठाउनुपर्ने थियो । त्यसका लागि व्यापारी राजी भए र उनलाई पैसा जम्मा गर्नका लागि बैंक एकाउन्ट नम्बर दिइयो । र उनले त्यहाँ पैसा जम्मा पनि गराए ।

तर केही समयपछि उनलाई आफु ठगिएको आशंका भएपछि उनले आफ्नो पैसा फिर्ता माग्न सुरु गरे । पैसा फिर्ता माग्ने क्रममा केही वर्ष बितेपछि ती बाबु छोराबाट धम्की आउन थाल्यो । ती व्यापारीले त्यसको उजूरी यसै वर्षको अप्रिल महिनामा गरे र प्रहरीले ती बाबु छोरालाई रंगेहात पकडे ।

प्रहरीका अनुसार बाबु छोराले आफ्नो ठगी अपराध स्वीकार गरे र उनीहरुले १२ सयमा दिल्लीको चाँदनी चोकमा अन्तरिक्ष यात्रीको कपडा खरिद गरेको खुलासा गरे ।

गिरफ्तारीपछि ती बाबु छोराले आफ्ना अन्य ठगी अपराधहरु बारे पनि ओकलेका छन् । उनीहरुले एउटा साधारण ऐना देखाएर लाखौं रुपयाँ हडपेको पनि बताए । यस्तै एक व्यक्तिलाई एउटा सर्प १७ लाखमा बिक्री गरेको पनि खुलासा गरे ।

हाल बाबु छोरा हिरासतमा छन् र ठगीको आरोप सिद्ध भए उनीहरुले सात वर्षसम्मको जेल सजाय भोग्नु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी