February 13, 2020

नराम्रो देख्ने आँखै नराम्रा: मन्त्री बाँस्काेटा

 

फागुन १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सबै राम्रा कामहरु मात्रै गरेको नराम्रा काम नगरेको दाबी गरेका छन् ।  

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज (बिहीबार) सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो दाबी गरेका हुन् । ‘सरकारले नराम्रो काम गरेको छैन । राम्रा–राम्रा काम मात्रै गरेको छ । नराम्रो देख्ने आँखै नराम्रा हुन्’, सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले भने । 

उनले नेकपा सरकारमा आएपछि विधिको शासन बलियो भएको पनि दाबी गरे । देश सुशासनको दिशामा उन्मुख भएको उनको भनाइ थियो। सुखी नेपाली समृद्ध नेपालको कार्यक्रमले नतिजा देखिन थालेको पनि उनले बताए । 

मुलुकमा शान्ति सुरक्षाको अवस्थामा पनि सुधार भएको उल्लेख गर्दै उनले अधिनायकवादको हौवाले हावा खाएको पनि दाबी गरे ।

यस्तै मन्त्री बाँस्कोटाले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने विषयमा सरकारले कुनै सोच नराखेको बताए । उनले क्षमता अभिवृद्धि र केही विमानस्थल सञ्चालन गर्न सरकार सक्षम विदेशी संस्थाहरूसँग मिलेर काम गर्न तयार भने रहेको बताए । 

उनले भैरहवाको विमानस्थल सञ्चालनका लागि जर्मनीको कम्पनी जुरिचसँग छलफल भइरहेको जानकारी दिए । बास्कोटाले भने, ‘जुरिच भन्ने एउटा जर्मनी कम्पनीसँग हाम्रो भैरहवाको सन्दर्भमा छलफल चलिरहेको छ । त्यो अहिले नै निजीकरणतर्फ जाने होइन ।’

उनले सरकारले विभिन्न स्थानमा नयाँ विमानस्थलहरू बनाउनेदेखि स्तरोन्नति गरी क्षेत्रीय रूपमा अगाडि बढाउने काम भइहरेको पनि जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न