October 25, 2019

तिहारभरि हिरासतमै रहने भए चर्चित र्‍यापर भिटेन

चर्चित र्‍यापर समिर लामा (भिटेन) लाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ।

Image result for vten'"

गीतमा प्रयोग गरिएका शब्द र तस्बिरका कारण देखाउँदै बिहीबार जाउलाखेलबाट पक्राउ परेका  भिटेनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी सन्तोष तामाङले जानकारी दिए। म्याद थप पछी अब उनि तिहार भरि हिरासतमै रहने भएका हुन् ।

पछिल्लो समय चर्चामा रहेको गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको स्पष्ट पार्दै प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको हो ।

लामाले प्रहरी पोशाक लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुक प्रोफाइलमा समेत राखेको महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए। रौतहटको चन्द्रनिगाहापुर ४ का २२ वर्षीय लामा हाल झम्सिखेलमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको