July 16, 2018

गोल्डेन बल मोड्रिचलाई, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए । लुका मोड्रिचले निकै राम्रो कप्तानको भूमिका निभाउदै क्रोएसियालाइ फाइनल सम्म पुराएकोले गोल्डेन बल प्राप्त गर्न सफल भएका छन् । रसियाविरुद्धको उनको प्रदर्शन प्रशंसनीय रह्यो ।

ambaape-1

उनले तीन खेलमा म्यान अफ दी म्याच अवार्ड जित्न पनि सफल भएका थिए । लुका मोड्रिचको उच्च प्रदसन र कप्तानीका कारण आज क्रोएसियाले बिश्वोकपको फाइनल खेल्न सफल भएको थियो र उनले यो प्रदसनलाइ क्रोएसियाका नागरिकले सधै सम्झीरहने छन् ।

तेस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भएका छन् । राम्रो खेल प्रदसन गरे पनि फाइनल पुग्न असफल बनेको इंग्ल्यान्डका कप्तान ह्यारी केनले भने गोल्डेन बुट हात पर्दै औता सानो खुसि दिलाउन सफल भएका छन् । तेस्तै फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले ट्रफिको उपाधि भने स्पेनले हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

  मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई

बार्सिलोनाको नयाँ होम जर्सी सार्वजनिक, समर्थकहरुद्वारा चर्काे आलोचना !

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ

विश्व विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत !

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो पेरिस