खशोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको संकेत दिए अर्दोआनले

साउदी अरबका पत्रकार जमाल खशोग्गीको इस्तानबुलमा भएको हत्यामा साउदीबाट आएका दुई टोलीको संलग्नता रहेको टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले बताएका छन् ।

संसदमा मंगलवार सम्बोधन गर्दै अर्दोआनले यो हत्या योजनाबद्ध रूपमा गरिएको प्रमाण टर्कीका सुरक्षा सेवाहरूसँग रहेको बताए । ‘टर्की र बाँकी विश्व सबै योजनाकार र हत्याराहरूलाई न्यायको कठघरामा उभ्याएपछि मात्र सन्तुष्ट
हुनेछन् । अन्य देशले पनि अनुसन्धानमा भाग लिनुपर्छ,’ उनले भने ।

अर्दोआनले थपे, ‘म राजा सलमानको इमान्दारीमा शंका गर्दिनँ । तर यस घटनामा स्वतन्त्र अनुसन्धान हुनुपर्छ । यो राजनीतिक हत्या हो ।’

उनले भने, ‘पन्ध्रजना व्यक्तिको टोली टर्कीमा किन आएको हो ? कसको आदेशमा उनीहरू आए ? घटनापछि वाणिज्य दूतावासमा अनुसन्धान अधिकारीहरूलाई तत्कालै किन पस्न दिइएन ? साउदीहरूले फरक फरक किसिमका
बयान किन दिए ? खशोग्गीको लाश लुकाउने स्थानीय सहयोगी को हो ? साउदीले यी सबै प्रश्नको उत्तर दिनुपर्छ ।’

अर्दोआनको सम्बोधनले साउदी युवराज मोहम्मद बिन सलमान यस घटनामा निर्दोष नरहेको दह्रो संकेत दिएको द गार्डियन पत्रिकाका मध्यपूर्व संवाददाता बेथन मक्केर्नन लेख्छन् । अर्दोआन टर्कीले पनि फौजदारी अनुसन्धान गरोस् भन्ने चाहन्छन् । 

खशोग्गी भयानक हत्याको पीडित भएको प्रमाण भेटिएको र यो अत्याचारलाई ढाकछोप गर्नु नहुने अर्दोआनको भनाइ छ । उनको हत्या अन्तर्राष्ट्रिय मुद्दा भएकाले टर्कीले यसमा अनुसन्धान अघि बढाउने पनि अर्दोआनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण