September 1, 2018

‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन

काठमाडौँ, भदौ १६ ।भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । लामो समयदेखि जण्डिस रोगबाट पीडित उनको निधन भारतीय समयानुसार शनिबार बिहान सवा तीन बजे भएको हो ।

दिल्लीको शाहदरास्थित कृष्णानगरमा उनको निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

‘क्रान्तिकारी सन्त’ भनेर चिनीने उनले लामो समयदेखि औषधिको असर देखिन छाडेपछि थप उपचार गर्न इन्कार गरेका थिए । त्यसपछि उनको इच्छाअनुसार नै कृष्णानगरमा लगिएको थियो ।

गृहस्थ जीवन त्यागेर छत्तिसगढमा दीक्षा लिन गएका जैन मुनि तरुण सागर मध्य प्रदेशका हुन् । उनको जन्म २६ जून १९६७ मा दमोहमा भएको थियो । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्याग गरेका हुन् ।

उनले दिने कडा प्रवचनका कारण उनलाई ‘क्रान्तिकारी सन्त’ भनिन्थ्यो । ‘कडवे प्रवचन’ नामक उनको पुस्तक निकै प्रचलित छ । समाजका

विभिन्नवर्गलाई एकजुट गराउन भूमिका खेलेका उनले जनसंख्या नियन्त्रण गर्न पनि सुझाव दिने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल