कालो बिरालोले बाटो काटे के हुन्छ ?

कुकुर, बिरालो, न्याउरीमुसा, सर्प, गाई आदि जनावरहरुमा देखापर्ने असर, प्रभावलाई वास्तुशास्त्र अन्तर्गत के कस्ता राम्रा नराम्रा छन् भन्ने सन्दर्भलाई लिएर विशेषत यस अकंमा वास्तु स्पेशलका रुपमा प्रस्तुत गरिएको छ र प्रसिद्ध वास्तुशास्त्री माधव मंगल जोशीले विभिन्न जिज्ञासाहरुाई यसरी समाधान गर्नुभएको छ ।

screenshot_20171202-083046821001715-768x392कालो बिरालोले बाटो काट्दा के हुन्छ ? सामान्यतया हामी जब घरबाट बाहिर निस्कन्छौँ अर्थात बाटामा हिँड्दै गर्दा एक्कासी बिरालोले बाटो काट्यो भने हामी द्धिविधामा पछौँ । त्यसमा पनि कालो बिरालोले बाटो काट्दा अपसकुन मानिन्छ । वास्तवमा बिरालोले बाटो काट्दैमा खराब नै हुन्छ भन्ने छैन ।

विदेश तथा नेपालका कयौँ ठाउँमा पनि घरमा बिरालो पाल्ने चलन छ । यसरी घरमा पालिएको बिरालोले प्राय घरबाट बाहिर निस्कदा धेरै जसो बाटो काटि नै रहेको हुन्छ तर यसलाइ नराम्रो मान्नु हुँदैन र वास्तुशास्त्रले त्यस्ता बिरालो द्धारा कुनै नराम्रो असर नपर्ने बताउँछन ।

नराम्रो हुनुको कारण र नहुनुको कारण चाहीँ के हो ? सामान्यतया असर दिने बिरालोहरु हाम्रो घरवरिपरि त्यत्ति देखिदैनन् । ती बिरालाहरु लुकेर बसिरहेका हुन्छन् । सुरक्षित हुन ती बिरालाहरु लुकेका हुन् । घरका कुना काप्चा तथा प्वालहरुमा अन्य जनावरहरु पनि लुकेर बस्छन् ।

त्यस्तो ठाउँमा हावा नचल्ले र दुषित उर्जाहरु पैदा हुने गर्छ । बाहिरको हावा कुनाकानीमा नजाने भएकोले पनि त्यहाँको हावा फ्रेस हँुदैन । फ्रेस हावा नभए पछि उर्जाहरु दुषित हुन्छन् र त्यहाँको राम्रो उर्जाहरु सबै मर्छन् । अर्थात नेगेटिभ इनर्जी उत्पन्न हुन्छ । नेगेटिभ उर्जा भएको ठाउँमा बसेको बिरालो(जनावर) हरु बाहिर निस्कँदा बिरालोले बाटो काटेमा उसले बोकेर ल्याएको दुषित उर्जा हाम्रो शरीरले लिने गर्छ र नेगेटिभ असर पर्नसक्छ ।

त्यसमध्येमा कालो बिरालो हानिकारक मानिन्छ किनकी कालो चिज जस्तै लगाउने डे«स, कालो छाता आदि हरेक कालो वस्तुमा एब्जर्भिङ्ग क्यापासिटि (सोस्ने क्षमता) बढी हुन्छ । त्यसैले दुलोभित्र दुषित इनर्जीमा बसेर आएर कालो बिरालोले बढी भन्दा बढी त्यहाँ भएको दुषित उर्जालाई ल्याउने भएकोले उनीहरु जहाँ जहाँ जान्छन्, त्यहाँ दुषित उर्जाहरु छाड्दै जान्छन्, त्यसैले पनि कालो बिरालोले बाटो काट्दा बढी नकरात्मक असर पर्न सक्छ भने अन्य बिरालोले बाटो काट्दा कम प्रभाव पर्ने हुन्छ ।

यदि घरपालुवा बिरालो कालै भए पनि उनीहरुबाट चाहिं कुनै नराम्रो असर पर्दैन । कसलाई बढी असर त ? वास्तुशास्त्री जोशीका अनुसार हरेक मानिसहरुमा एब्जर्भिङ्ग पावर हुन्छ । साथै मानिसको शरीरमा एक किसिमको औरा भन्ने हुन्छ, जसलाई आभा मण्डल पनि भनिन्छ । त्यो आभा मण्डल हाम्रो शरीर भित्र नै हुन्छ । जस्तो बुद्ध, भगवानहरुको फोटो मूर्ति हे¥यो भने फोटो अथवा मुर्तिको साइडमा एउटा पहेलो चक्र देखिन्छ ।

त्यसैलाई आभा मण्डल अथवा औरा भनिन्छ । त्यस्तो औरा भगवानहरुमा मात्र नरहेर हरेक प्राणीमा रहेको हुन्छ । यसरी शरीरमा भएको औराले नै हामीलाई एक किसिमको सुरक्षा दिइरहेको हुन्छ । यदि औरा शरीरको कुनै भागमा आभा मण्डल कम्जोर भएमा त्यो कम्जोर भागले बाहिरको नराम्रो उर्जा तान्न खोजिरहेको हुन्छ ।

त्यसैले बाहिरको दुषित उर्जा जुन हावाको रुपमा कम्जोर औरा भएको मानिसको शरीर भित्र प्रवेश गछन्, त्यस्तो मानिसलाई बढी भन्दा बढी असर गर्छ । सामान्यतया हाम्रो समाजमा केहि यस्ता कुराहरु पनि हुने गर्दछ जसले हामीलाई कहिलेकाही अनायासै प्रभाव पारिरहेको हुन्छ । तर हामी त्यसैलाई त्यति ध्यान दिदैनौ । जस्तै कहिले काहीँ बाहिरबाट घर फर्किसकेपछि कता कता टाउको दुख्ने, छाति दुख्ने, बान्ता आउन खोज्ने हुन्छ ।

यदि घरमा आमा बुबा अर्थात आफु भन्दा ठूलो घर परिवारको सदस्य भए बायु लाग्यो भनेर चामललाई छुवाएर फुकेर बाहिर फालिदिने गरिदिनुहुन्छ र त्यसो गर्दा राहत भएको महशुस पनि हुन्छ । मुख्यतया यस्तो समस्या चौबाटोमा हुनेगर्छ । कहिले काहीँ चौबाटोहरुमा हावाका रुपमा दुषित उर्जाहरु घुमिरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामी त्यतैबाट बाटो काट्न पुग्यौँ भने हामीलाइ यस्तो समस्या आउन सक्छ ।

कहिले काहीँ शरीरको औरा कम्जोर भएको हुन्छ । उदाहरणको लागी हाते पङ्खा जति घुमाए पनि बीचको भाग चल्दै चल्दैन । त्यसैगरी चौबाटोको बीचमा चारैतिरबाट आएको हावा बीचमा नचलेर बसिरहेको हुन्छ । त्यो हावा त्यही वरिपरीमात्र घुमेको हुन्छ । जसले गर्दा त्यहाँ दुषित उर्जा पैदा भईरहेको हुन्छ ।

त्यो दुषित उर्जा औँरा मार्फत हाम्रो शरीरमा प्रवेश गर्दछ । त्यसै गरि कालो बिरालोले बाटो काट्दा उसले छोडेको दुषित उर्जाले कम्जोर औरा भएको मानिसको शरीरले सजिलै लिन्छ । अनि उसको दिमागमा असर पर्छ । दिमागलाइ असर गर्दा उसको माइण्ड चेन्ज हुन्छ । जसले गर्दा गलत निर्णय लिन्छ । नराम्रा कुराहरु बढि सोच्न थाल्छ, दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

बिरालोले बाटो काट्दा सँगैँ भएको हँुदैन, कारण उसको औरा मजबुत छ । दुषित उर्जा र कालो बिरालोको असरबाट कसरी बच्ने ? वास्तुशास्त्री जोशीका अनुशार यसबाट बच्ने उपाय धेरै छन् । सबैभन्दा राम्रो उपाय भनेको क्रिष्टल हो । क्रिष्टलले हाम्रो शरीरमा बाहिरबाट आउने नकारात्मक उर्जालाइ समाप्त गर्छ ।

अर्थात, उसले लिन्छ र छानेर राम्रो उर्जाहरुलाई मात्र हाम्रो शरीरलाई दिन्छ । जसरी फिल्टरले पानीमा भएको फोहोर वस्तुलाई छानेर सफा पानी दिन्छ,ठीक त्यसै गरी क्रिष्टलले पनि दुषित उर्जालाई छानेर हाम्रो शरीरमा फिल्टरको काम गर्दछ । मयुरको प्याखले पनि जीउभरी डुलाउदा यस्ता नराम्रा उर्जालाई सजिलैसँग लिने गर्दछ ।

साथै कुचो, चामल, कालो भटमास, कालो मास आदिका माध्यमबाट पनि दुषित उर्जालाई समाधान गर्न सकिन्छ । यदि हिड्दा हिड्दै बाटोमा कालो बिरालोले बाटो काटिहाल्यो भने ढुगां, इँटाको टुक्रा त्यहाँ फालेर पनि त्यहाँ उत्पन्न दुषित उर्जालाई यत्रतत्र पार्न सकिन्छ । यसरी पनि केहि समस्याको समाधान गर्न सकिन्छ ।

घरको कोठा कुन दिशामा कस्तो बनाउने ? सर्वप्रथम पूजा कोठा, यो कोठा जहिले पनि सुरक्षित स्थानमा हुनुपर्छ । त्यसको लागी सबैभन्दा उत्तर पूर्व(इशान) कोणमा, पूर्वको भित्तामा भगवानको मन्दिरलाई व्यक्ति पूर्वपट्टि फर्केर पुजा गर्दा त्यो पुजा सबैभन्दा उत्तम मानिन्छ । जहाँ सूर्य उदाउदा घाम पनि लागोस्, हावा पनि खुल्ला रुपमा चलोस् ।

त्यो पूजा कोठा सबैभन्दा राम्रो मानिन्छ । सामान्यतया हामीहरुले यस्ता कुरालाइ नबुझि पुजा गर्ने ठाउँ सिढिको छेउको सानो भाग अथवा अध्यारो सानो कोठामा राख्ने गछौँ, जुन एकदमै गलत हो । यस्तो ठाउँमा गरेको पुजाले फल दिनु भन्दा पनि पिडा मात्र दिन्छ । ठीक त्यसै गरी घरको सबभन्दा मूल मान्छे अथवा अभिभावकलाई सबैभन्दा राम्रो कोठा भनेको दक्षिण पश्चिम दिशामा अर्थात नैरित्य कोण राम्रो मानिन्छ ।

किनकी उत्तर पूर्वबाट आएको उर्जा दक्षिण पश्चिममा आएर ठक्कर खान्छ र त्यो उर्जा घरभरि फैलिन्छ । उर्जा आउने र पवित्र ठाउँमा पुजा कोठा राख्नुपर्छ र उर्जा ठोकिने ठाउँमा मुख्य मान्छे बस्यो भने उसको दिमागले सहि कुरा सोच्न सक्छ । सबै कुराले पूर्ण हुन्छ । जसले गर्दा सबैलाइ राम्रोसँग बुझाउन पनि सक्छ । परिवारलाई मातहतमा राख्न सक्छ ।

त्यसैले दक्षिण पश्चिममा घरको मुल मान्छे बस्नु उपयुक्त हुन्छ । पढ्ने बालबच्चाहरुको लागी भने पूर्वको कोठा र पश्चिमको कोठा राम्रो हुन्छ । जहिले पनि पूर्व फर्केर पढ्दा राम्रो हुन्छ भने सुत्दा बच्चाहरुको सिरानी पनि पूर्वतिर नै फर्काउदा राम्रो हुन्छ । ठूलो मान्छेका लागी दक्षिणपट्टि सिरानी राखेको राम्रो हुन्छ । त्यसैगरी बैठक कोठाको लागी उत्तर पूर्व अर्थात उत्तरपट्टिको कोणलाइ राम्रो मानिन्छ ।

पूर्व, उत्तर पनि राम्रै मानिन्छ तर दक्षिणको ढोका राम्रो मानिदैन । दक्षिण कोठामा बैठक बनाउदा बढी स्थिर हुन्छ । त्यस्तो ठाउँमा कोहि पाहुना आए भने रुमबाट छाडेर जाने मनै गदैनन् । वास्तुशास्त्री जोशीका अनुसार सामान्यतया एकदिनका लागी आएका पहुना पाँचदिन सम्म बस्ने समस्या हुन्छ ।

पाँँच मिनेटका लागी आए भने दुई घण्टा बसेर जान्छन्, त्यो स्थिरताको कारणले गर्दा भएको हो । त्यस्तो ठाउँमा सकेसम्म बैठक कोठा बनाउनु हुँदैन किनभने उही पाहुनाकै रवाफ ठूलो हुन्छ । त्यसैले बैठक कोठालाइ सबैभन्दा राम्रो भनेको उत्तर पश्चिम मानिन्छ । त्यस्तोमा दुई दिनको लागी आएको पाहुना दुई मिनेटमै जान्छन् ।

अझै चाडै पनि जान सक्छन् । यसरी कोही कोठा स्थिर हुन्छन्, भने कोहरु कोठा अस्थिर हुन्छ । धान सम्पति कहाँ राख्ने ? सामान्यतया हामी धन सम्पत्ति आफैसँग रहिरहोस् भन्ने चाहान्छौ । त्यसैले पनि धन सम्पत्ति पैसा, चेक राख्दा उत्तर पश्चिमको कोठामा राख्यो भने चाडोँ पैसा सकिने र चेक पनि काटेको काट्यै हुन्छ । किनकी यो कोठा स्थिर हुन्छ ।

पैसा र चेकलाई दक्षिण पश्चिममा राख्यो भने पैसा त्यति खर्च हुँदैन । चेक काटिराख्नु पनि पर्दैन । यदि तपार्इं व्यापार गर्नु हुन्छ भने कहिल्यै पनि सामान दक्षिण पश्चिममा नराख्नुहोस् । त्यसलाई उत्तर पश्चिममा राख्नुहोस् बिक्रि भई रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी