September 22, 2019

कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश

असोज ५,विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश एकको प्रदेश सभामा बेल घेराउ गर्नुका साथै नाराबाजी गरेको छ । विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले संसद् अवरोधको प्रयास गरेको हो । 

कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश

अवरोधकै बीच प्रदेशसभामा उक्त विधेयकबारेको प्रतिवेदन पेश भयो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन पेश गरेकी हुन् । 

विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई सम्बोधन गरी निवेदन दर्ता गराएको थियो । सभामुखले वार्ताका लागि चार दिनको समय र्दिका थिए तर त्यसबीचमा वार्ता भएन । प्रतिवेदन पेश भएपछि बैठक भोलिसम्मलाई स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक