कमरेड बादल र जनार्दबीच घोचपेच !

 nekapa_A0YHcXqOT7

 काठमाडौैं, असोज १० । बादल प्रचण्डतिर हेर्दै थिए । प्रचण्डचाँही मुन्टो बटारेर केपी ओलीलाई सोध्न थाले,‘यही गर्ने हो त ?’ यतिन्जेलमा बामदेव गौतमले पनि केही भन्न छाडिसकेका थिए ।

करायो–करायो, हुने केही होइन । माधव नेपाल त झन बैठकमै थिएन । नेकपाका सातै प्रदेश ईन्चार्ज, अध्यक्ष, सह–ईन्चार्ज र सचिवको टुंगो लाग्यो, प्रधानमन्त्री अमेरिका उड्ने अघिल्लो दिन अर्थात शुक्रबार ।

त्यो भन्दा दुई दिनअघि चिनबाट फर्किएका प्रचण्डसँग बादलको एउटा सम्झौता रहेछ । कम्तीमा एउटा प्रदेशको अध्यक्ष वा ईन्चार्ज उनीसँगै बैद्य समूह छाडेर आउनेमध्येलाई दिने । प्रचण्डले ‘हुन्छ’, ‘हुँदैन’ केही भने भनेका थिएनन् । तर, बादल चाँही ढुक्क भएका रहेछन् एउटा पाईने भयो भनेर । यसअनुसार, कर्णाली प्रदेशको लागि ईन्चार्ज वा अध्यक्षको लागि मायाप्रसाद शर्मालाई अगाडि सारेका थिए । बादल र जनार्दन शर्माबीच यहाँपनि लडाई देखियो ।

यो झगडामा प्रचण्ड बीचमा पर्न नचाहने, तर यसचोटी परे । उनले महासचिव विष्णु पौडेललाई फोन गरेर मायालाई इन्चार्ज बनाईदिनु भनेको भएमात्रै पनि हुने थियो ।

र, एकताकै एकजना खेलाडी जनार्दनलाई कहाँ राख्ने ? प्रचण्डको प्रश्न थियो । ‘सिंगो पार्टी नै एकता गराएको मान्छेलाई प्रदेशको ईन्चार्ज किन ? देशकै कुनै ईन्चार्ज बनाए हुन्छ, उप–महासचिव वा संगठन विभाग प्रमुख बनाए हुन्छ ।’ बादलको भनाई थियो । बादलले बैठकमै प्रचण्डको मुख हेरेर केही भन्न खोज्दै थिए, तर उनले मुन्टो बटारे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक