एमाले–माओवादी एकता वैशाख ९ गते, जनयुद्ध र चुनाव चिन्हको विवाद कायमै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता वैशाख ९ गते हुने भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति तय गरेको हो । 

149480855UML-MAO

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकता वैशाख ९ गते हुनेछ भने मिल्न बाँकी केही विषयहरु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको भारत भ्रमणपछि थप छलफल गरेर मिलाइनेछ । जनयुद्ध, चुनाव चिन्ह र अनुपातको कुरामा दुई पार्टीबीच सहमति जुट्न सकेको छैन ।

एकताअघि यी विषयमा दुई पार्टीबीच आन्तरिक छलफल जारी राख्ने सहमति पनि भएको छ । एकता संयोजन समितिमा दुवै पार्टीका शीर्ष नेताहरु छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक