March 10, 2018

एकतासम्बन्धी कार्यदलको समय १० दिन थप हुने

 

 

काठमाडौं फागुन २६/
नेकपा एमाले र माओवादी केन्द्रको एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ।

केन्द्रका नेता रामबहादुर थापा बादल संयोजक रहेको सो कार्यदलको आजको बैठकले अन्तरिम विधानको मस्यौदामाथि दफाबार छलफल शुरु भएको र त्यसका लागि थप समय लाग्ने ठानिएको कार्यदलका सदस्य केन्द्रका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए। 

अब दैनिकजसो बैठक गरेर सबै विषयको टुंगो लगाइने उहाँले बताउनुभयो । यही फागुन १० गतेको एकता संयोजन समितिको बैठकले १५ दिनभित्र अन्तरिम विधान र दुई पार्टीको संगठन एकताबारे खाका तयार गर्न कार्यदल गठन गरेको थियो। सोही बैठकले वैचारिक विषय मिलाउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलले पनि आगामी चैत ५ गतेसम्ममा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ। 

दुई दलबीच यही फागुन ७ को एकता संयोजन समितिले तय गरेको सात बुँदे एकताका प्रारम्भिक आधारमा केन्द्रित भई संगठन र वैचारिक विषय मिलाउन खोजिएको हो। यी विषय मिलेपछि चैतभित्र एकता गर्ने तयारी छ।रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक