November 8, 2019

उपनिर्वाचन २०७६ : प्रदेश नं २ मा उपनिर्वाचनको वातावरण बन्दै

प्रदेश नं २ मा निर्वाचन आयोगले निर्वाचन कार्यालय स्थापना गरेपछि उपनिर्वाचनको माहौल बन्दै गएको छ।

प्रदेश नं २ मा रहेको आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लामा रहेका जनप्रतिनिधिको पद रिक्त भएपछि निर्वाचन आयोगले मङ्सिर १४ गते उपनिर्वाचन गर्न लागेको हो।

अन्य प्रदेशभन्दा प्रदेश नं २ को स्थानीय तहमा सबभन्दा बढी स्थान रिक्त भएका छन् यहाँ गाउँपालिकाको अध्यक्ष एक र वडाध्यक्ष नौ वटा पदमा उपनिर्वाचन हुन लागेको सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ।

प्रदेश नं २ को आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक उपनिर्वाचनलाई लक्षित गरी सात जिल्लामा सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ स्थानीय तहको रिक्त पदका लागि भने कात्तिक २७ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ। स्थानीय तहका उम्मेदवारले मनोनयन दर्ता गरेपछि प्रचारप्रसारका लागि १० दिनको समय पाउने बताइएको छ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ मा वडाध्यक्षको, बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं १ को वडाध्यक्ष पदमा, रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं २ को वडाध्यक्ष, सर्लाहीको हरिपुर्वा नगरपालिका– १ को वडाध्यक्ष पदमा, महोत्तरीकै बलवा नगरपालिका वडा नं २ र ८ को वडाध्यक्ष पदमा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं १२ को वडाध्यक्ष पदमा, सप्तरीको छिनमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदमा र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचन तयारी पूरा भएको छ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा हुने वडाध्यक्षको उपनिर्वाचनका लागि सोही गाउँपालिका वडा नं २ मा रहेको दीपनारायण आदर्श माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको भन्दै जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले त्यहाँ दुई हजार ६०२ जना मतदाता रहेको बताएका छन्।

कात्तिक २७ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको र त्यसभन्दा अगाडि सर्वदलीय बैठक गरी निर्वाचन आचारसंहिता लगायतका विषयमा दलसँग छलफल गरिने मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश प्रकाश खरेलले बताए।

दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेका जनप्रतिनिधिको मृत्यु भएपछि निर्वाचन आयोगले रिक्त रहेका सो पदमा उपनिर्वाचनको घोषणा गरेपछि सो ठाउँका जनप्रतिनिधि तथा विभिन्न दलका प्रतिनिधिले उपनिर्वाचनमा आ–आफ्ना दलका प्रतिनिधिलाई उठाउनेबारे जोड घटाउसमेत गर्न थालेको छ। गाउँ, चौक चौराहामा रहेका चिया पसलमा उक्त उपनिर्वाचनबारे चर्चापरिचर्चा शुरु हुन थालेका छन् ।

कतिपय दलले उम्मेदवारको नामसमेत घोषणा गरिसकेका छन् भने कतिपय दल उम्मेदवारको खोजी गर्न थालेका छन्। अघिल्लो निर्वाचनको मतपरिणामको तथ्याङ्क केलाउँदा उपनिर्वाचनमा पनि मुख्य २ शक्ति नेकपा र काङ्ग्रेसबीच प्रतिस्पर्धा हुने कल्याणपुर नगरपालिका वडा नं १२ का मतदाता लोचन ठाकुरको ठम्याइ रहेको छ। त्यहाँ वडा अध्यक्ष रामदेव यादवको मृत्युपछि हुन लागेको उक्त चुनावमा तीन हजार २०० मतदाता रहेका छन्।

प्रदेश नं २ मा हुने उपनिर्वाचनमा मतदाताले विकासलाई प्राथमिकता दिने उम्मेदवारलाई नै मत दिने अडान राखेको देखिन्छ। उपनिर्वाचनको मिति जतिजति नजिकिँदै छ त्यतित्यति चुनावी गतिविधि बढ्दै गएको छ। चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी उपनिर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक