banner-3

भित्रिन थाले पर्यटक

नेपालगञ्ज, असोज ९ः बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान सुरु गरेसँगै बाँके, बर्दियामा पर्यटक भित्रिने क्रम बढेको छ । भारतबाट आउने पर्यटक नेपालगञ्ज हुँदै पोखरा र बर्दिया तथा कर्णालीसम्म घुम्न जाने गरेको स्थानीय पर्यटन व्यवसायीले बताए । नेपालगञ्जबाट पोखरा हवाई यातायातमा जोडिएपछि पोखरा जाने भारतीय र पोखराबाट बर्दिया निकुञ्ज, रारा तथा सुदूरपश्चिम जाने पर्यटक बढ्दै गएको होटल […]

मलेसियामा रोजगारी खुल्यो

काठमाडौँ, असोज ८ः कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुुरूप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने […]

कालोधनकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं,असोज ७, सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ […]

एउटै बहस बापत सवा लाख लिएको कारण नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ विवादमा

काठमाडौं, असोज ५ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफू निकट व्यक्ति तथा संस्थाहरुलाई मनोमानी रकम बाँढेका छन् । त्यसरी रकम पाउने मध्ये नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ समेत रहेको पाइएको छ । श्रेष्ठले महानगरबाट एउटै बहस गर्दा १ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी लएको महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ […]

कांग्रेसभित्र स्थापित तीन गुट

काठमाडौँ, असोज २ गते । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति […]

जनगणनामा सोधिँदै भाषादेखि खातासम्म

काठमाडौं, असाेज १: कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन्। उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो ? जागिरको खोजी गर्नुभएको छ छैन […]

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन हुँदै

काठमाडौं, भदाै ३१ः सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई सर्वोच्च अदालतको आदेशबमोजिम संशोधन गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल समाचारपत्रसँग कुरा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्नका लागि मस्यौदा तयार भइसकेको र त्यसलाई अन्तिम रूप दिन छलफल भइरहेको जानकारी दिए । उनले सो मस्यौदालाई […]

एससीसी उपाध्यक्ष सुमारद्वारा नेपाललाई धम्की: देउवा सरकार मौन

काठमाडौँ, २९ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन् । नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन् । आफ्नो चारदिने भ्रमणमा सुमारले […]

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं, भदाै २८ः प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए । […]

मन्त्रीमण्डल विस्तार सर्वोच्चको पैैmसला पछिमात्र गर्ने सरकारी तयारी

काठमाडौं, भदाै २७ः सत्ता गठबन्धन सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीविरुद्धको मुद्दा किनारा नलागेसम्म सरकार विस्तार नगर्ने निष्कर्षमा पुगेको छ । विचाराधीन मुद्दामा अदालतबाट फैसला आउनुअघि नै मन्त्रिपरिषद् विस्तार गर्दा फैसला फरक आएको अवस्थामा समस्या सिर्जना हुन सक्ने भन्दै सत्ता गठबन्धनले केही दिन पर्खने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताए । नेकपा एमालेले भदौ १ […]

 

photo

NOC1-250x300