खेलकुद

क्रिकेटरमाथिको कारबाही रोक्न खेलकुद मन्त्री सक्रिय

काठमाडौँ, ३ पौष  । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनः बिचार गर्न गरेका छन् ।शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनबिचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको […]

सर्वाेच्चकाे अन्तरिम आदेश : राखेप सदस्यसचिवबाट सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्नु

शुक्रबार, पौष ०२, काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । एमाले नेतृत्वकाे सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । साे निर्णयविरुद्ध सिलवाल सर्वाेच्च गएका थिए । आफ्नो बर्खास्तगीविरुद्ध […]

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी

काठमाडौँ, २०७८ पुष १ गते । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई दिएकाे छ । क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी […]

मेसीलाई सातौं पटक बालोन डी ओर अवार्ड

मंसिर १४, काठमाडौं: लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहबीच अर्जेन्टिनाका मेसीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो ।  मेसीले कीर्तिमानी सातौं पटक […]

लियोन र फ्रांकफर्ट युरोपा लिगको नकआउट चरणमा

फ्रान्सको क्लब लियोन र जर्मनीको इन्ट्राक्ट फ्रांकफर्ट यूईएफए युरोपा लिगको नकआउट चरणमा स्थान पक्का गर्ने पहिलो टोली बनेका छन् ।  दोस्रो हाफमा गरेको तीन गोल मद्दतमा लियोनले गएराति चेक गणतन्त्रको क्लब स्पार्टा प्रागुएलाई ३–० ले हरायो । लियोनको जितमा इस्लाम स्लिमानीले दुई गोल गरे भने कार्ल टोको इकाम्बीले एक गोल गरे । जितपछि समूह ‘ए’ […]

टोटनहमको जित, रोमा बराबरीमा रोकियो

एन्टोनियो कोन्टेको प्रशिक्षणमा पहिलो पटक खेलेको टोटनहमले गएराति युरोपा कन्फोरेन्स लिगमा भिटेसमाथि ३–२ को विजय हासिल गरेको छ । पहिलो हाफमा पाँच गोल भएको थियो भने तीन वटा रातो कार्डको देखाइएको थियो ।  इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले १५औं मिनेटमा ह्युङ–मिन सनको गोलबाट अग्रता लिएको थियो । २२औं मिनेटमा लुकास मोउराले अग्रता दोब्बर बनाए । […]

स्वदेश फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौँ, ५ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल आज बिहान स्वदेश फर्किएको हो । टिमलाई क्यानका सदस्य छुम्बी लामाले स्वागत गरेका छन् । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर भने त्यतैबाट भारत प्रस्थान गरेका छन् । त्यस्तै क्रिकेट ट्रेनर […]

नेपालको अमेरिकामाथि पाँच विकेटको जित

काठमाडौं, भदौ २९ गते । नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको […]

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

काठमाडौँ, असार २१ गते । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ । नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलपे्रमी रातभर नै भए पनि यी […]

द्वन्द्व दुई सांसदको, रोजगारी चट्ट १२२ को

कर्णाली, असार २०ः कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुर्खेतको चिगांड गाउँपालिका २ स्थित जीतेजुवा मेला लाग्ने ठाउँमा खेल मैदान निर्माणको लागि २० लाख रुपैयाँ छुट्यायो । समयमै काम भइदिएको भए अहिलेसम्म खेल मैदान निर्माण सम्पन्न हुन्थ्यो । लक्षित बेरोजगारले रोजगारी पाउँथे । तर, प्रत्यक्ष र समानुपातिक दुई सांसदको विवादका कारण खेल मैदान निर्माण हुन […]

 

photo

NOC1-250x300