महरा माओवादीका प्रवक्ता

 भदौ ९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाएका छन् । पार्टीको पछिल्लो कार्यविभाजनानुसार महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । सभामुखबाट पदमुक्त भएपछि महराले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन् । तत्कालीन नेकपा भंग भएपछि माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा प्रवक्ताको जिम्मेवारी नेता