आयल निगमका कर्मचारी संघद्धारा चन्दा आतंक

 पौष ०७,काठमाडौं । नेपाल आयल निगमको आधिकारीक कर्मचारी संघको निर्वाचन हुँदैछ । आगामी पुस १६ सम्पन्न हुने आधिकारीक ट्रेड युनियनको निर्वाचनमा चन्दा आतंक मच्चिएको पाइएको छ । स्रोतका अनुसार कर्मचारी संघका लागि भन्दै विभिन्न डिपोमा चन्दा उठाइएको छ । पैसाको चलखेलमै चुनाव जित्ने तयारी गरिएको विशेष स्रोतले जनाएको छ ।