बजेटमा नभएका कार्यक्रमका लागि २ खर्ब १५ अर्ब माग

१९ माघ, काठमाडौँ । बजेटमार्फत छुट्याइएका कार्यक्रमको रकम खर्च नभइरहेका वेला मन्त्रालयहरूले बजेटबाहिरका कार्यक्रमका लागि २ खर्ब १५ अर्ब रुपैयाँ माग गरेका छन्। १६ विभिन्न निकायले अर्थ मन्त्रालयसँग थप बजेट मागेका हुन्। उनीहरूले माग गरेको रकम चालू आर्थिक वर्षमा विनियोजित कुल पुँजीगत बजेट ३ खर्ब ११ अर्ब ९४ करोडको ६९.२३ प्रतिशत हो