काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधान्त्री केपी ओलीले पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको आरोप लगाएका छन् ।
आइतबार एमाले संसदीय दलको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकार सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा उत्रिएको छ । सरकारले करोड-करोड रुपैयाँ दिन्छु भन्छ, कहाँबाट ल्यायो ? मन्त्री भनेको राज्यकोष हो, त्यो दिएर पार्टी तोडफोड गर्छु भन्नु भ्रष्टाचार हो । त्यसैले यो सरकार भ्रष्ट र अनैतिक सरकार हो । यसले मान्छेको इमान किन्न खोज्दैछ ।’
संसद बैठकअघि बसेको संसदीय दलको बैठकमा ओलीले हेलिकोप्टर पठाउँदा पनि सांसद फेला नपरेको र राप्रपाका देशभक्त सांसदहरुले राष्ट्रघातको मतियार बन्न नमानेको कारण बैठक केही दिन रोकिने संकेत गरेको बताए ।
स्वच्छ ढंगले मतदानबाट संविधान संशोधन विधेयक टुंगो लगाउने अवस्था अब संसदमा नरहेको घोषणा गरे । ‘यति करोड दिन्छु पार्टी छाड भन्ने, पार्टी फुटाउन खोज्ने, मन्त्री दिन्छु भन्ने ?’ ओलीले भने, ‘पहिले सरकारले माफी माग्नुपर्छ अनिमात्र अरु कुरा हुन्छ । यस्ता अनैतिक सरकारसँग बसेर भोट गनेर चल्दैन । स्वच्छ ढंगले मतदान पनि हुन दिने भएनन् ।’
उनले देशका विरुद्ध इमानमाथि हमला, नैतिकतामाथि हमला गर्ने अनैतिक भ्रष्ट सरकारले माफी नमागी अघि बढ्न नसकिने पनि बताए । आफूलाई विभिन्न साना पार्टीका सांसदले प्रलोभन आएको बारेमा जानकारी दिएको भन्दै अध्यक्ष ओलीले सांसदहरुलाई सत्तापक्षबाट दिइएको पलोभनको प्रमाण आफूसँग रहेको दावी समेत गरे ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप