१० माघ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु बताएका छन् । जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको भन्दै उनले विजुली चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरे ।
‘हाल बिद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एकएक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिँदैन’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने ।
मन्त्री शर्माले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरण भित्रका भ्रष्टहरुलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने बताए । उनले भने ‘लोडसेडिङ हटाएपछि जनताले मलाई अब के गर्छस् भनेर ठाँउ ठाँउमा सोध्ने गरेका छन् । मैले भनेको छु, अब बिद्युत चोरहरुलाई कार्वाहीको दायरामा ल्याउछु ।’
आइतवार मात्र नेपाल प्रहरीले बिद्युत चोरी गरेको अभियोगमा विद्युत प्राधिकरणका बहालवाल र पूर्व कर्मचारी १६ जनालाई सार्वजनिक गरेको थियो ।
आयोजना अध्ययन समय घटाइने
मन्त्री शर्माले जलविद्युत आयोजनाहरुको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको जानकारी दिनुभयो । ‘सम्भाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डीपीआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ?’ उनले भने यस्ता विज्ञ र इन्जीनियरहरुबाट देशको विकास सम्भव छैन ।’
उनले नेपाल र नेपाली जनतासँग पैंसा छैन भन्ने भ्रम हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताए ।
अनलाइन आवदेनबाट मात्रै १० दिनभित्र साढे २ अर्बको लगानी प्रतिवद्धता आइसकेको भन्दै मन्त्री शर्माले ३० अर्बको प्रतिवद्धता आउनासाथ कुनै नाफामुलक आयोजना शुरु गर्ने बताए ।
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं