काठमाडौं, वैशाख १३– प्रदेश सीमांकनको विषयमा विवाद कायमै रहेकाबेला सरकारले केही ठाउँको सीमांकन हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रुकुम र नवलपरासीका साविकका केही गाविसलाई अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो ।
सरकारले रुकुमको सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीको साविकको त्रिवेणी गाविसको केही वडालाई ४ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीका अनुसार बुधबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले रुकुमका ११ वटा गाविसलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गर्नुका साथै बाँकी गाउँ विकास समितिहरुलाई भने ६ नम्बर प्रदेशमा राख्ने निर्णय पनि गरिएको छ ।
रुकुमका गाउँ विकास समितिहरुलाई प्रदेश नम्बर ५ र ६ मा मिलाएर समावेश गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए । नवलपरासीको त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाँभी प्रदेश नम्बर ४ समावेश गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित