१३ बैशाख, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भनाभन भएको छ ।
एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारको तयारीप्रति आपत्ति जनाउदै संसद अवरोध गरिरहेको छ । अवरोध खुलाउन सत्तारुढ गठबन्धन र एमालेका शीर्ष नेताको संसद भवनै भएको छलफलमा दुई नेताबीच सवाल जवाफ चलेको स्रोतले जनाएको छ ।
ओलीले तराई मधेसका केही जिल्ला छानीछानी स्थानीय तह बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएका थिए । उनले संविधान संशोधन बिधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने अडान राखेका थिए ।
जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गर्ने बताएका थिए । छलफलमा सहभागी एक नेताले प्रचण्डको भनाई उधृत गर्दै भने-हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु ।’
प्रचण्ड र ओलीबीच भनाभन हुँदा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि सँगै थिए ।
एमालेले मधेसी मोर्चाका अनुचित माग एकपछि अर्को थपिँदै जाने र सत्तापक्ष बाहृय दबाव सामू लम्पसार पर्दै जाने अवस्था देखिएको भन्दै आक्रोश व्यक्त गरेको छ । दलहरुबीच सहमति नभएपछि संसद बैठक बस्न सकेको छैन । अहिले पनि शीर्ष नेताबीच छलफल चलिरहेको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप