January 22, 2017

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः वैशाखभित्रै स्थानीय तहको निर्वाचन

९ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्न तीन दल सहमत भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।patrapatrika

यसबाहेक, नयाँ पत्रिका दैनिकले एयरमार्सल राख्न चाहने अन्तर्राष्ट्रिय वायुसेवालाई बाटो खुला भएको र स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठन तातेको तर त्रिभुवन विश्वविद्यालय सुस्त भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ

अन्नपूर्ण पोस्ट् दैनिकले संविधान संशोधनविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली अडिग रहेको, माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणलाई विश्व बैंकले अड्काएको र असन ढलमग्न भएको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले सरकारले निर्वाचनभन्दा बजेटलाई बढी प्राथमिकता दिएको र महिलाको नेतृत्वमा रहेको दलसँगै महिलालाई धेरै चुनौती भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकले टीकापुर घटना दलका नेताहरुको अभिव्यक्तिका कारण भएको अध्ययन प्रतिवेदन आएको र बालबालिकाको संख्या घट्दै गएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकले सम्पदा पुनर्निर्माण कछुवाको गतिमा भएको र स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ