काठमाडौं, १३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेलगत्तै ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताले भारतीय राजदूत मन्जिभ सिंह पुरीलाई भेटेका छन् ।
स्रोतका अनुसार मंगलबार साँझ लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेर नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारीले राजदूत पुरीलाई भेटेका हुन । भेटमा आसन्न स्थानीय तहको निर्वाचनबारे कुराकानी भएको स्रोतको भनाई छ ।
छलफलका क्रममा भारतीय राजदूत पुरीले ‘तपाईका मागअनुसार सरकार अगाडि बढेको छ । अब त चुनावमा भाग लिनुस्’ भनेर आग्रह गरेका छन् । जवाफमा मधेसी नेताहरुले आफूहरू चुनावविरोधी नभएको स्पष्ट पार्दै चुनावमा सहभागी हुनेबारेमा सोचिरहेको बताएका थिए ।
यता दूतावास बैठकमा सहभागी नेता राजकिशोर यादवले आफूहरु दूतावास गएको र समसामयिक विषयमा सामान्य कुराकानी भएको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर स्थानीय तहको चुनावमा सक्दो सहयोग गर्ने बताएका थिए ।
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध