योगा र अध्यात्मक सोचले देश हाँक्ने शक्ति पाएको छु: सुजाता कोइराला (भिडियो)

1490416648sujata

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरको शल्यक्रियापछि फेरि राजनीतिमा सक्रिय भएकी छन् ।

विगत ६ महिना भन्दा धेरै समय सक्रिय राजनीतिमा नदेखिएकी नेतृ कोइराला निर्बाचनलाई सफल बनाउन र कांग्रेस एकढिका भएर अघि बढ्न सकरात्मक सोच आवश्यक रहेको सार्वजनिक अभिब्यक्ति दिइरहेकी छन् । स्थानीय तहको निर्बाचन, प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र निर्बाचनमा नेपाली कांग्रेसको अवस्थाबारे गरेको कुराकानीको अंश:

तपाईंको स्वास्थ्य अवस्था कस्तो छ, कसरी बित्दैछ दैनिकी ?

स्वास्थ्य धेरै ठिक भइसक्यो । विहान र बेलुकी योगा गर्न थालेकी छु । धेरैजसो अध्यात्मक विषयबस्तुका बारेमा जानकारी लिन ध्यान दिने गरेको छु । अहिले नयाँ जिवन पाएजस्तो महसुस भइरहेको छ । योगा गर्न थालेपछि नयाँ सोचको विकास भएको छ । मलाई यस्तो लागिरहेको छ की देश हाँक्ने नेताहरुले अध्यात्मक सोच, योगा र सोच परिवर्तन आवश्यक देखिरहेको छु ।

राजनीतिमा आक्रोशपूर्ण सोच कत्तिको आवश्यक रहेछ ?

त्यस्तो आवश्यक छैन् । देशका लागि काम गर्न सकरात्मक सोच आवश्यक छ । हामीमा अध्यात्मक सोच जरुरी छ ।

क्यान्सरको उपचारपछि तपाईंमा राजनीतिक सोचमा पनि परिवर्तन आएको हो ?

पहिलो कुरा त मेरो स्वास्थ्यमा सुधार आयो, यसमै खुशी छु । योगा गर्न थालेपछि नुहाएर आएजस्तो शारीरिक चमक बढेको छ । त्यतिमात्र नभई यतिबेला मेरो स्मरण शक्ति बढेको छ, सोच र चिन्तन पनि बढेको छ । राजनीतिक सोच र चिन्तनमा पनि परिवर्तन आएको महसुस भइरहेको छ । यद्यपी, म साधु भएको होइन तर योगा गरिरहेको छु । धेरै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई योगा गर्न आग्रह गर्दछु । नेताहरुमा पनि अध्यात्मक सोच आवश्यक देखेकी छु, योगा जरुरी भएको छ ।

यो बीचमा तपाईंलाई राजनीति छाडौंजस्तो लागेन ?

राजनीति त सानैदेखि गर्दै आएँ । तर बिचमा राजनीतिको कुरा गर्नै मन लागेको थिएन् । एकदम निराशा बढेको थियो । धेरै नकरात्मक कुराहरुले असर पुर्याएको थियो । तर अब म धेरै परिवर्तन भइसकें । सबै कुरालाई सुन्ने र सहने शक्ति बढेको छ । अध्यात्मक सोच र शक्तिले धेरै परिवर्तन आइसकेको छ, हिम्मत बढेको छ ।

प्रधानमन्त्री पुष्पकमकल दाहालको चीन भ्रमणलाई कुन रुपमा हेर्नुभएको छ ?

चीन भ्रमण एकदम जायज छ । तर भ्रमणको तयारी अलिक पुगेनकी जस्तो लागेको छ । केही गृहकार्य गरेको भए धेरै उपलब्धी लिन सकिन्थ्यो । उहाँको भ्रमणले नयाँ सन्देश पनि दिनसक्दछ । चीन, भारत र नेपालबीचको सम्बन्धलाई सकरात्मक सन्देश दिन सक्छ ।

निर्बाचनका विषयमा नेपाली कांग्रेसको तयारी कस्तो भइरहेको छ ?

यस बिषयमा केन्द्रीय समितिको बैठकबाट थप निर्णय होला । तर पार्टीभित्रको गुटगत सोच तत्काल अन्त्य हुनुपर्छ । पार्टी कब्जा गर्ने सोचबाट मुक्त हुनु जरुरी छ । स्थानीय तहको उम्मेदवार छनोटमा पनि केही मापदण्ड बनाएर ‘आफ्नो मान्छे होइन राम्रो मान्छे’लाई छनोट गर्नुपर्छ । पार्टीको आमसभाहरु, प्रशिक्षणहरुको आवश्यक्ता देखिन्छ । नेताहरुले आमसभामार्फत सबै नेता एक भएको सन्देश दिनु जरुरी छ ।

पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैली कस्तो पाउनुहुन्छ ?

सभापतिले गर्नुभएको कतिपय कामहरु सम्मानयोग्य छन् । तर उहाँले आपसी छलफल र सुझाव सिमित समूहसँग केन्द्रीत राख्नुभएकाले सबैसँग सुझाव संकलन गरेर अघि बढ्नु पर्ने देखिन्छ । नयाँ रणनीतिहरु तयार गर्न बृहत सल्लाह र सुझाव लिएर अघि बढ्नु भयो भने उचित हुन्छ । (पूरा अन्तवार्ता भिडियोमा हेर्नुहोस)

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि