April 16, 2017

दलित महिला उम्मेद्वार पाउन मुस्किल

वैशाख ३ – इलाममा स्थानीय तहको चुनावमा दलित महिला उम्मेद्वार पाउन मुस्कि छ । प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रुपमा उम्मेद्वार बनाउनु पर्ने प्रावधान भएसगै यहाँका राजनीतिक दलहरुलाई दलित महिला उम्मेद्वार पाउन मुस्किल भएको हो ।

१० वटा स्थानीय तह रहेको इलाममा ८१ वडा छन् । जिल्लामा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयको तथ्यांक छ । तर आठ दलले मात्रै चुनावी चिन्ह पाउने भएका छन् । यस आधारमा एउटा राजनीतिक दललाई मात्रै जिल्लाभर ८१ जना दलित महिला उम्मेद्वार चाहिन्छ ।

तर पार्टीका संगठनमा दलित महिलालाई यसअघि खासै नअटाएका दलहरुलाई अचानक आएको यस्तो व्यवस्थाले समस्या भएको हो । दलित महिलाको नेतृत्व विकासमा ध्यान नदिएका दलहरुलाई उम्मेद्धार बनाउन निकै सकस परेको छ । ठुला दलले दुःखले उम्मेद्धार उभ्याउने तयारी गरेका छन् । तर साना दलमा त्यस्तो पनि सम्भावना कम मात्रै छ । तर कांग्रेस, एमालेमा दलित महिला उम्मेद्वार बनाउन खासै समस्या नभएको नेताहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्