२९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् ।
माओवादी केन्द्र, ललितपुर महानगरपालिकाको पहिलो एकता सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए ।
खासगरी दोस्रो संविधानसभा चुनावको बेला घटना सम्झेर मैले भन्ने गरेको छु- मानिसहरुका ठूलठूला सभा गर्यौं, हामीले अभियान चलायौं, मेची महाकाली अभियान भन्यो भने हुने के रहेछ भने चुनाव हार्दो रहेछ । अँस्ती बालुवाटारमा नेपाली कांग्रेसका नेता, एमालेका नेता सबै बसेको बेलामा चर्चा भयो । पहिला गिरिजा बाबुले एकचोटी मेची-महाकाली अभियान गर्नुभएछ र नराम्रोसँग हार्नुभएछ, एमालेले जितेछ । दोस्रोपटक हामीले मेची-महाकाली अभियान गरियो र हामी नराम्रोसँग हारियो । अहिले एमालेले मेची-महाकाली अभियान गरेको छ, हेर्नुहोला सबभन्दा बढी हार्नेमा एमाले नै पर्छ ।’
‘कांग्रेस-एमाले चुनावको विपक्षमा’
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टीको एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यी उपलब्धी धरापमा पर्ने बताए । प्रचण्डले राजतन्त्र र गणतन्त्रको फरक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘मुद्दै मुद्दा भएको पार्टी माओवादी हो र मुद्दै नभएका पार्टी कांग्रेस र एमाले हुन् । उनीहरुसँग अहिले चुनावमा जाने केहि पनि मुद्दा छैन । किनकी गणतन्त्रको मुद्दा उनीहरुको होइन, संघीयता उनीहरुको होइन, धर्मनिरपेक्षता उनीहरुको होइन, समानुपातिक समावेशी उनीहरुको होइन, निर्वाचनको घोषणा पनि उनीहरुको होइन । यो स्थानीय तह बनाउने कुरामा पनि उनीहरुको नेतृत्व होइन । भनेपछि यी सबै विषयहरुमा माओवादीसँग मुद्दैमुद्दा छन्, अरुसँग मुद्दै छैन । तर यो मुद्दा हामीले एकताबद्ध भएर जनतालाई बुझाउने, जनतालाई त्यो विश्वास दिलाउने आवश्यकता छ ।’
प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमाले चुनावप्रति सकारात्मक नभएको आरोप समेत लगाए । माओवादी पुनर्जागरणको अभियान देखेर कांग्रेस एमालेका नेताहरु चुनाव रोक्नेतिर सक्रिय भएको दाबी गरे ।
‘अहिले विस्तृतरुपमा त भन्न सम्भव छैन । मैले बुझेसम्म यो निर्वाचनप्रति त्यति ठूलो रुची ठूला भनिएका पार्टीलाई छैन । तपाईंहरुले बाहिर सुन्दा त उनीहरु निकै नै उत्साहित छन् भन्या जस्तो पनि देख्नु सुन्नु भयो होला तर, यथार्थ त्यस्तो छैन । यसलाई कुनै तरिकाले रोक्नेतिर या दुबैले हामीसँग तालमेल गर्नेतिर असाध्यै दौडधुप भइराखेको छ,’ प्रचण्डले भने ।
गणतन्त्र र राजतन्त्रको फरक बुझाउने अवसर
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनाव गणतन्त्र र राजतन्त्रको फरक बुझाउने राम्रो अवसर भएको बताए । माओवादीको कारण प्राप्त उपलब्धी रक्षाका लागि एकजुट भएर चुनावमा होमिन उनले नेता-कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
‘ऐतिहासिक उपलब्धीलाई संस्थागत गर्नको लागि, गणतन्त्र भनेको राम्रो चिज हो भनेर जनताई बुझाउनका लागि यो एउटा राम्रो अवसर हो । नत्र अहिलेसम्म १० वर्षमा जनताले गणतन्त्र र हिजोको बहुदलतन्त्र र हिजोको राजतन्त्रमा फरक देख्न पाएका छैनन् । अहिले हामीलाई त्यो फरक देखाउने राम्रो अवसर प्राप्त छ । त्यसकारण यसलाई त्यहीरुपमा जनतालाई बुझाउने र जनतालाई परिचालन गर्न आवश्यक छ,’ उनले भने , ‘सरकारको नेतृत्वको हैसियतले हाम्रो पार्टी अहिले नभएको भए स्थानीय तह हुँदैनथ्यो, अहिले सरकारको नेतृत्वमा हाम्रो पार्टी नभएको स्थानीय तहको निर्वाचन पनि हुँदैनथ्यो । यी परिवर्तन संस्थागत गर्ने सम्भावना थिएन । त्यसकारण पनि म कमरेडहरुलाई यसको महत्व र गरिमालाई ठीक ढंगले आत्मसाथ गर्न अपिल गर्न चाहान्छु ।’
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप