April 10, 2017

पाँचथरमा आगलागीले आठ घर जले

aaglagi

२८ चैत, ताप्लेजुङ । पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ ।

दिउँसो करिव एक बजे हिलिहाँङ गाउँपालीका-७ (साविकको सुबाङ गाविस-२) को सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।

 

आगलागीबाट स्थानीय ईन्द्र बहादुर पन्दाक, राजकुमार पन्दाक, चन्द्र चापागाई लगायतका आठ घर जलेर नष्ट भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।

केहि घर बसाई सरी गएकाले घर धनीको नाम खुल्न सकेको छैन भने अन्यको विवरण संकलन गर्ने काम भईरहेको उनले बताए । अचानक जंगलबाट सल्किएको आगोले ठुलो रुप लिदा नजिकै रहेको घरमा सल्किएको र हावा हुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको डिएसपि पोख्रेलको भनाई छ ।

अहिले अन्य नजिकैका घर भित्रको सामान निकाल्ने र घरको छानामा बसेर जोगाउने बाहेक अन्य प्रयास हुन नसकेको घटना स्थलमै रहेका डिएसपी पोख्रेलले टेलिफोनमा भने । आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।

आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ । आगो जंगलबाट सल्किएकाले कसले सल्काएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् । जंगल भित्र बाटो भएकाले पैदल यात्रीको असाबधानिका कारण आगलागी भएको हुन सक्ने स्थानीय सन्तोस खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्