एमाले नेतालेे भने- मधेसी मोर्चाका कार्यकर्ताले मेरी श्रीमती र बुहारीलाई लछारपछार गरे

Satya-narayan-mandal-768x460२८ चैत, काठमाडौं । नेकपा एमालेका सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाका नेताहरुले आफ्नो घरमा पसेर श्रीमती र बुहारीमाथि दुव्र्यवहार गरेको बताएका छन् ।

साथै उनले मधेसी मोर्चा नसुध्रिए आफूहरु पनि कानुन हातमा लिन विवस हुने चेतावनी दिए ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद मण्डलले मधेसी मोर्चाले लोकतन्त्रमा विश्वास गर्छन् कि गुण्डागर्दीमा भन्ने प्रश्न उठाए ।

संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादवको नेतृत्वको समूहले ६० वर्षकी श्रीमती र २१ वर्षकी बुहारीलाई लछारपछार गरेको भन्दै उनले भने, ‘तथाकथित मोर्चाका मित्रहरुलाई अनुरोध गर्न चाहन्ँछु, राजनीति गर्ने म हुँ । मेरी आमा र श्रीमती के गरेको छ ? ’

सरकारबाट संरक्षित मधेसी मोर्चाले गुण्डागर्दी गरेको भन्दै उनले आफूहरु घरमा बस्न पाउने कि नपाउने भन्ने प्रश्न गरे । केही दिनअघि पार्टीका नेता सुमन प्याकुरेलको घरमा यस्तै भएको भदै उनले चेतावनीपूर्ण शब्दमा भने, ‘हामीलाई कानुन हातमा लिन विवस नगरियोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप