ऊर्जामन्त्रीको भनाइ : अब चाहेर पनि कसैले लोडसेडिङ फर्काउन सक्दैन

janardan-sharma-malaysia-768x437२७ चैत, मलेसिया । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मलेसियामा रहेका नेपाली तथा मलेसियन ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले लोडसेडिङ हटेर वातारण तयर भएकाले लगानीका लागि नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

नेपालमा अहिले लगानीको राम्रो सम्भावना भएकाले जुनसुकै क्षेत्रमा पनि ढुक्क भएर लगानी गर्न आग्रह गरे । शर्माले भने,’तपाईंहरु लगानी गर्नुस सहयोग गर्न सरकार सधै तयार छ ।’

नेपाली दूतावास मलेसिया र गैर आवायीय नेपाली संघ मलेसिया (एनआरएनए)ले शनिवार क्वालालम्पुरमा आयोजना गरेको ‘नेपालको उर्जा क्षेत्रमा एनआरएन मलेसिया र व्यवसायीहरुको लगानी सम्भावना’ विषयक अन्र्तरक्रियामा बोल्दै मन्त्री शर्माले भने,’नेपालले विकासको गति लिन शुरु गरेको छ, अव कसैले चाहेर पनि लोडसेडिङ फर्काउनन सक्दैन ।’

उनले थपे,’यदि कसैले फेरि लोडसेडिङ गर्न चाह्यो भने जनता आफैं जाग्ने छन र त्यसको प्रतिवाद गर्नेछन ।’ आफू मन्त्री भएपछि नेपाललाई अन्धकारबाट उज्यालोतर्फ अगाडि बढाएको चर्चा गर्दै लगानी वृद्धिमा जोड दिए ।

‘नेपालमा सन् २०४० मा ६६ हजार मेगावाट विजुली चाहिन्छ, नेपालमा अहिले १५ सय मेगावाट मात्र छ, त्यसैले पनि लगानी गर्नुहोस्,’ शर्माले भने ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्यातले नेपालमा लगानी गर्ने राम्रो अवसर भएको र मलेसियामा रहेको नेपाली दुतवासले मलेसियाबाट नै धेरै कुरामा लगानीकर्ताहरुलाई सहयोग गर्ने बताए ।

उनले भने,’लगानीकर्ताहरु दूतावास आउनुहोस हामी तपाईंहरुलाई सहयोग गर्नेछौ ।’ कार्यक्रममा नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्का पोलिटब्यूरो सदस्य एवम् विदेश विभाग सचिव युवराज चौलागाई, एनआरएन मलेसियाका अध्यक्ष विश्व राई, उपाध्यक्ष रमेश तिवारी लगायतकाले नेपालमा लगानी बढाउनुपर्नेमा जोड दिन सवैमा आग्रह गरेका थिए ।

माओवादी केन्द्र निकट अन्तर्राष्ट्रिय विभाग नेपाली जनप्रगतिशील मञ्चको ७औं अधिवेशनकोे लागि शनिवार मन्त्री शर्मासहित वाइसियलका संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा लगायतको टोली मलेसिया आइपुगेको हो । आइतवार हुने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक