श्रेष्ठले भने – दलीय निर्वाचन चिह्न नदिए चुनाव भाँड्छौं

ganga-narayan-shrestha-1२६ चैत, सिन्धुली । नयाँ शक्ति पार्टी ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले दलको हैसियतमा निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने बताएका छन् ।

नयाँ शक्ति सिन्धुलीको बैठकको निर्णय सार्वजनिकीकरणका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसियतका आधारमा दलिय निर्वाचन चिह्न दिनुपर्ने बताए ।

 

उनले भने, ‘निर्वाचन आयोगले दल दर्ता गर्न आग्रह गर्ने अनि दर्ता भएका दललाई स्वतन्त्र रुपमा चुनाव चिह्न दिन्छु भन्नुको अर्थ निर्दलीय व्यवस्थातर्फ देशलाई लग्न खोजिएको छ । यसमा नयाँ शक्तिले पूर्ण रुपमा विरोध गरेर निर्वाचन हुनै दिँदैन ।’

सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको पनि उनको आरोप थियो ।

निर्वाचनका लागि सिन्धुलीका विभिन्न स्थानीय तहमा प्रमुख पदका उम्मेदवारसमेत सार्वजनिक गरिएको छ ।

कमलामाई नगरपालिका प्रमुखमा दीर्घराज श्रेष्ठ, घ्याङ्लेक गाउँपालिकाकामासुरजबहादुर स्याङ्तान र तीनपाटन गाउँपालिकाका अध्यक्षमा सरोज पुलामी मगरलाई उम्मेदवार बनाइने तयारी भइरहेको र अन्य स्थानमा पनि चाँडै टुङ्गो लगाइने जिल्ला संयोजक दीर्घराज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको