बिहानको समयमा सेक्स गर्दा हुने फाईदाहरु

Young couple in underwear kissing on floor

सामान्य त धेरै जसो मान्छेहरु रातको समयमा यौन सम्पर्क गर्न रुचाउँछन । नेपाली समाज र ब्यस्त दैनिकिले गर्द पनि साझ सुत्ने बेला मात्र सेक्स गर्ने धेरैको बानी छ । यौन सम्पर्क गर्ने महतवपूर्ण समय भनेको अधिकांशका लागि रातको एकान्त समय नै हो । हरेक प्राणीमा यौनेच्छाको चाहना हुनु शास्वत सत्य हो । यो प्रकृतिले दिएको उपहार हो । यौन सम्पर्कबाट मानिसलाई धेरै फाईदा हुन्छ । जसले यौन सम्पर्कलाई यौन यौन प्यास मेटाउने माध्यम मात्र ठान्छ जसका लागि यो समय उपयुक्त लाग्ला । तर जसले यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाईदा पनि लिन चाहन्छ भने अबदेखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ ।

बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् । त्यसै गरी यो कुरामा पनि ध्यान दिनुस की यौन सम्पर्क एक किसिमको मनोराजनात्मक खेल हो । एकैचौटी खेल खेल्दा बढी थकित भईन्छ त्यसैले यौन सम्पर्कको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम खेल्नुपर्छ । जसले गर्दा दुवैजना तृप्त भईन्छ र यौनसम्भोगको मजा आउँछ ।

१.नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त साचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ ।

२. बिहान गरिने यौन सम्पर्कले माईग्रेन टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रोग रोग निको गर्नमा ठूलो मद्दत गर्छ ।

३. यौन सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन ।

४. यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ ।

५. यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ ।

६. अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सय जना महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कण्डोम प्रयोग नगरिकन यौन सम्पर्क गर्छ उसलाई शीघ्रपतनको समस्या निकै कम मात्रामा हुने गर्छ ।

७. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ । तर याद राख्नुहोस् सोधकर्ताहरुको अनुसन्धानले बताए अनुसार हप्तामा तीन पटकभन्दा बढी यौन सम्पर्क गर्नाले तपाईको शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा तीन पटक सम्म गरिने यौन सम्पर्कले शारीरिक र मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए