संखुवासभामा ७ सय ग्रामको असिना पर्‍यो

wwwwwwwwwwwwwwसंखुवासभास् दशकपछि आइतबार साँझ संखुवासभाको पाँचखपन गाउँपालिकामा ७ सय ग्रामको असिना परेको छ।

असिनाले घरमा छाएको जस्तापाता समेत प्वाल पारेको स्थानीय पेमाछिरी शेर्पाले बताए। एक दशक अघि पाँच सय ग्रामको असिना परेको थियो। त्यस पछि आइतबार साँझ ७ सय ग्रामको असिना झरेको उनले बताए।

 

असिनाले एक दर्जन बढी चौपाय मरेको स्थानीय शेर्पाले बताए। आलु, मकै र गहुँ पुरै काम नलाग्ने गरी क्षति पुर्‍याएको बताए। तेर्से, भालुखोप, ताल, स्वाची लगायतका क्षेत्रमा असिना परेको उनले बताए।

यता संखुवासभाकै खाँदबारी, मकालु आसपासका क्षेत्रमा पनि असिना झरेको थियो। एप्रील १ देखि ३ सम्म पहाडी तथा हिमाली क्षेत्रमा असिना पर्न सक्ने अनुमान मौषम बिज्ञान विभागले गरेको थियो।

यता हिमाली मौसमविद केवि मानन्धरले सन् २००१ मे ३ का दिन पर्साको थोरीमा एक किलोग्रामको असिना परेको बताए। असिना कुटेर एक मानिस, ५ सय चौपाय मरेको मरेको थियो भने सयौ घाइते भएको मानान्धरले बताए। असिनाले १५ बढी गाउँका पाँच सय घरको जस्तामा प्वाल परेको बतायो।

स्प्रीङ मनसुन भएकाले असिना आउने सक्ने मौसमविदहरुको भनाई छ। शुरुमा पानीको थोप्ला हुने हावाले तलमाथि गर्दा हिउँका कण बन्ने गर्छ ठुलो भए पछि भार थाम्न नसकेर असिना भुईमा झर्ने गरेको हिमाली मौसमविद मानान्धरले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको