भैरहवा-बुटवल सडकमा १० आधुनिक आकाशे पुल बन्दै

6-lane-sadak-ko-aakashe-pool_bhairawa-768x367२१ चैत, भैरहवा । नमूना बेलहिया-भैरहवा-बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने भएको छ । निर्माणधीन अवस्थामा रहेको सडकखण्डमा आकाशे पुल निर्माण लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको र एक दुई दिनमै निर्माण कार्य सुरु हुने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले जानकारी दिए ।

बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण Bhairahawa-6-Lane-Sadak-3-1-768x409गर्नका लागि निर्माण कम्पनीसगँ सम्झौता भइसकेको छ  । इन्जीनियर भण्डारीले भने निर्माण कम्पनीले सोमबार वा मंगलबारदेखि काम सुरु गर्ने छ ।

१२ करोड रुपैयाँ लागतमा निर्माण हुने १० वटा आकाशे पुल सम्झौता मितिले १५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी महादेव खिम्ती एसियाटिक महेश जेभीसँग सम्झौता भएको उनले बताए । आकाशे पुलको बुटवल तर्फबाट निर्माण कार्य सुरु हुनेछ ।उनले भैरहवा क्षेत्रमा ३ वटा र बुटवल क्षेत्रमा ७ वटा गरी बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण हुने बताए ।

भैरहवा क्षेत्रको बुद्ध चोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बिचमा गरी ३ वटा पुल निर्माण हुनेछ । त्यस्तै बुटवल क्षेत्रमा ड्राइभर टोलमा, योगिकुटीमा, होराइजन चोक र कालिका विद्यालयको बीचमा, राजमार्ग चौराहामा, मिलन चोकमा, बसपार्क र आन्तरिक राजश्व कार्यालयको बीचमा, र ट्राफिक चोकमा गरी ७ वटा आकाशे पुल निर्माण हुने आयोजनाका इन्जिनियर भण्डारीले बताए ।

निर्माण हुने आकाशे पुलको उचाइ ५ मिटर, लम्बाई साढे २ मिटर र चाैंडाइ ३० मिटरको हुनेछ । त्यस्तै पुल अपाङ्गमैत्री पनि हुने आयोजनाले जनाएको छ ।

साथै पुलको दुवै तर्फ सोलार बत्ति जडान हुनेछ छ भने यात्रुहरुका लागि सन्देशमूलुक सुचना प्रवाह गर्न लागि डिस्प्ले बोर्ड समेत लगाइने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जीनियर लिलाबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक